टस जितेर भैरहवा ग्ल्याडियटर्स  फिल्डिङमा

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल¬) अन्तर्गत आजको दोस्रो खेलमा ललितपुर पेट्रियट्स विरुद्ध भैरहवा ग्ल्याडियटर्स  टस जितेर फिल्डिङ रोजेको छ । 

प्रतियोगिता अन्तर्गत भैरहवाले पहिलो खेलमा वर्षाका कारण पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

दोस्रो खेलमा भैरहवाले बुधबार बिराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । 

ललितपुर भने पहिलो खेलमा काठमाडौं किंग्स इलभेनसँग सात विकेट र दोस्रो खेलमा पोखरा राइनोजसँग नौ विकेटले पराजित भएको थियो ।