महिलातर्फ सेमिफाइनल समिकरण पूरा 

काठमाडौं, (खेलाडी)-  राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

त्रिभुवन आर्मी क्लबलाई हराउँदै न्यु डायमण्ड राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह 'बी' को विजेता बन्यो ।

समूह बी को अन्तिम खेलमा न्यु डायमण्डले आर्मीमाथि २७-२५, २५-२२, २५-२० कोे जित हात पारेको हो । दुवै क्लबले आफ्नो पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका थिए । यी दुई टोलीबीचको खेलले समूह 'बी' को विजेताको टुङगो लागाएको हो ।

समूह चरणमा दुई खेल जितेको  न्यु डाइमण्डले दुई खेलबाट ६ अंक जोड्यो । यसअघि न्यु डायमण्डले पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई हराएको थियो । 

दुई खेलमा एक जित र एक हार व्यहोरेको आर्मी तीन अंकका साथ समूह 'बी' को उपविजेताको हैसियतमा सेमिफाइनल प्रवेश गरेको हो । 

सेमिफाइनलमा समूह 'बी' को विजेता न्यु डायमण्डले समूह 'ए' को उपविजेता नेपाल पुलिसबीच हुनेछ ।  त्यस्तै समूह 'ए' को विजेता एपिएफले समूह 'बी' को उपविजेता आर्मीसँग खेल्नेछ ।