क्रिकेट
नेपाल क्रिकेट संघका उपाध्यक्ष र महासचिवको राजीनामा
काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका छन् ।
क्यानलाई अप्ठेरो परेका बेला आफूहरु लडेको बताउँदै सचिव प्याकुर्यालले अहिले संस्था बलियो बनिसकेको बताउँदै आफूहरु बाहिरिन चाहेको बताएका छन् ।
'हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,' सचिव प्याकुर्यालले भने, 'अब नयाँ नेतृत्व आउनुपर्छ ।'