पोखराको सानदार जित

काठमाडौं, (खेलाडी)-  पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलाे जित हात पारेको छ । 

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सम्पन्न पहिलोे खेलमा  पोखराले ललितपुरलाई नाै विकेटले हरायाे ।

ललितपुरले प्रस्तुत गरेको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा एक विकेट क्षती भेट्टायो ।

पोखराका ओपनर रिचार्ड लेबीले सर्वाधिक ३८ रन जोड्दा अर्का ओपनर रित गौतमले १२ रन जाेडे ।

यसअघि टस हारेर ब्याटिङमा आएको ललितपुरले निर्धारित सात ओभरमा ६ विकेट गुमाउँदै ५१ रनको योगफल खडा गरेको थियो ।

ओसिलो मैदानका कारण निर्धारित समयमा खेल हुन नसकेपछि खेल सात–सात ओभरमा घटाइएकाे  थियो ।