टस जितेर भैरहवा फिल्डिङमा

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा बिराटनगर वारियर्सविरुद्ध भैरहवा ग्ल्याडियटर्सले टस जितेर फिल्डिङ रोजेको छ । 

प्रतियोगितामा आइतबार आफ्नो पहिलो खेल बर्षाका कारण रोकिएपछि भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

त्यस्तै बिराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग दुई विकेटले पराजित भएको थियो ।