छिट्टै स -परिवार नेपाल भ्रमणमा आउने छु : अफ्रिदी

काठमाडौं, (खेलाडी)- पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले छिट्टै स -परिवार नेपाल भ्रमणमा आउने बताएका छन् । 

एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो संस्करणमा काठमाडौं किग्स इलेभनबाट खेल्न हिजो काठमाडौ आएका अफ्रिदीले नेपालले प्रदान गरेको सत्कारबाट हर्षित रहेको बताए ।

काठमाडौले शुक्रबार इएपिएलका लागि टोली घोषणा तथा जर्सी सार्वजनिक गरेको थियो ।

'म नेपालमा खेल्न आउदा खुशी छु', अफ्रिदीले भने, यस पटक काम विशेषले दुई खेल मात्र खेल्दैछु । आगामी संस्करण म पूरा सिजन नै खेल्ने छु । यस पटक मेरो बसाई छोटो भएपनि छिट्टै स -परिवार नेपाल भ्रमणमा आउने छु । '

त्यस्तै कार्यक्रममा बोल्दै काठमाडौं कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुवभी खेलाडीको उपस्थितीले टोलीलाई विशेष उर्जा मिलेको भन्दै सुखद नतिजा ल्याउनेमा आशाबादी रहेको बताए ।

सन्दिपको कप्तानीमा रहेको काठमाडौंमा अमित श्रेष्ठ,सवास खकुरेल,राजु रिजाल,शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख,दिपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द,अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् ।

त्यस्तै विदेशी खेलाडीअफ्रिदीसहित जनक प्रकाश,रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् ।

काठमाडौले शनिबार ललितपुर पेट्रियोटस् विरुद्धको खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा थालीन गर्नेछ ।