काठमाडौं । चेल्सी वर्ल्ड स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । चेल्सीले दुवै सफलता गर्ल्समा हात पार्यो ।
मंगलबार पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२-१८ ले पराजित गर्यो । चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ अंक योगदान गरिन् । अर्को खेलमा तेन्जिङकै २० अंकको सहयोगमा चेल्सीले बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४-२७ ले हरायो ।
गर्ल्समै बौद्ध चिल्ड्रेनले बौद्ध इन्टरनेसनल स्कुललाई ४१-१७ ले पाखा लगायो । विजेता टोलीकी जस्मिनले ८ स्कोर गरिन् ।
ब्वाइजमा आयोजक मातृभूमि ‘बी’ ले बौद्ध इन्टरनेसनललाई ५५-४५ तथा काठमाडौं वर्ल्ड स्कुलले प्यारागन पब्लिक स्कुललाई ४२-२३ ले पराजित गर्यो । मातृभूमि ‘बी’ का प्रयास ढकालले १८ तथा काठमाडौं वर्ल्डका खैङ लिनले १४ अंक बटुले ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
