काठमाडौं । चेल्सी वर्ल्ड स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । चेल्सीले दुवै सफलता गर्ल्समा हात पार्यो ।
मंगलबार पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२-१८ ले पराजित गर्यो । चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ अंक योगदान गरिन् । अर्को खेलमा तेन्जिङकै २० अंकको सहयोगमा चेल्सीले बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४-२७ ले हरायो ।
गर्ल्समै बौद्ध चिल्ड्रेनले बौद्ध इन्टरनेसनल स्कुललाई ४१-१७ ले पाखा लगायो । विजेता टोलीकी जस्मिनले ८ स्कोर गरिन् ।
ब्वाइजमा आयोजक मातृभूमि ‘बी’ ले बौद्ध इन्टरनेसनललाई ५५-४५ तथा काठमाडौं वर्ल्ड स्कुलले प्यारागन पब्लिक स्कुललाई ४२-२३ ले पराजित गर्यो । मातृभूमि ‘बी’ का प्रयास ढकालले १८ तथा काठमाडौं वर्ल्डका खैङ लिनले १४ अंक बटुले ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
