काठमाडौं । रोयल्सले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आइतबार सामाखुशी युवा क्लबलाई ९३-८३ ले पराजित गरेको छ ।
दोस्रो जितसँगै रोयल्सले चार खेलबाट ६ अंक जोडेको छ । सामाखुशीको भने यो लगातार चौथो हार हो ।
कीर्तिपुर कभर्डहलमा सम्पन्न खेलको पहिलो र दोस्रो क्वार्टरमा क्रमशः १८-१७, २८-१९ ले आफ्नो पक्षमा पारेपछि रोयल्सले हाफ टाइमसम्म ४६-३६ को अग्रता बनाएको थियो ।
त्यसपछि तेस्रो क्वार्टरमा सामाखुशीले पुनरागमन गर्दै २४-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर चौथो क्वार्टर रोएल्सले २६-२३ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो ।
रोयल्सका लागि प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । सामाखुशीका लागि विक्रम डंगोलले २० अंकको योगदान गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
