काठमाडौं । रोयल्सले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आइतबार सामाखुशी युवा क्लबलाई ९३-८३ ले पराजित गरेको छ ।
दोस्रो जितसँगै रोयल्सले चार खेलबाट ६ अंक जोडेको छ । सामाखुशीको भने यो लगातार चौथो हार हो ।
कीर्तिपुर कभर्डहलमा सम्पन्न खेलको पहिलो र दोस्रो क्वार्टरमा क्रमशः १८-१७, २८-१९ ले आफ्नो पक्षमा पारेपछि रोयल्सले हाफ टाइमसम्म ४६-३६ को अग्रता बनाएको थियो ।
त्यसपछि तेस्रो क्वार्टरमा सामाखुशीले पुनरागमन गर्दै २४-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर चौथो क्वार्टर रोएल्सले २६-२३ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो ।
रोयल्सका लागि प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । सामाखुशीका लागि विक्रम डंगोलले २० अंकको योगदान गरे ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
