चैत्र १३, २०८२ शुक्रबार | १९:१६:१४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

बास्केटबल लिगः उद्घाटन खेलमा कीर्तिपुर र सामाखुसी भिड्ने

सांकेतिक तस्विर ।

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उद्घाटन खेलमा शनिबार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसैगरी शनिबारै हाउन्ड्स एकेडेमी र रोएल्स पनि आमने सामसने हुनेछन् । यस्तै आइतबार आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच  प्रतिस्पर्धा हुनेछ ।

सुरुमा शनिवार र आइतबारमात्रै खेल गर्ने तयारी रहे पनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले  मंगलबार र बुधबार पनि खेल गर्न लागिएको आयोजक नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

६ साता चल्ने प्रतियोगितामा पाँच साता लिग चरणका खेलहरु हुनेछ । हरेक साता एक टिमले दुई खेल खेल्नेछन् ।

पहिलो साता मंगलबार हाउण्ड्स र टाइम्स तथा रोयल्स र गोल्डेनगेट तथा बुधबार सामाखुशी र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।

दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ४ बजे र दोस्रो खेल बेलुका ७ बजे सुरु हुनेछ । यस्तै एक खेल हुने दिन साँझ ७ बजे मात्र खेल हुनेछ ।

लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारीमा आयोजक छ । प्रतियोगितामा टाइम्स क्लब, हाउन्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोयल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा हरेक टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् ।  त्यसपछि शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा भने दुई खेल हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो