असार २९, २०८२ आइतबार | ०७:४३:०५
फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित फिफाले हटायो एन्फामाथिको कन्ट्रोल फन्डिङ इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ?

थ्री बाई थ्री बास्केटबल सोमबारबाट

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

शनिबार पत्रकारसम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गरायो । प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट ४, ३ भारत र १ पाकिस्तानबाट टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराएका हुन् । दुई टिमको टुंगो लाग्न बाँकी छ । महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँनेछन् । जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ ।

पहिलो संस्करण भब्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए । ‘पहिलो संस्करण हामीले निकै भब्य आयोजना गरेका थियौं । पहिलो संस्करण नै राम्रो भएपछि निरन्तरता दियौं । दोस्रोमा झनै राम्रो खेल हुने विश्वास छ ।’

प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवन जोशीको सहभागिता रहेको थियो । थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए ।

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन् । ‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौं । राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ । तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधामात्रै खर्च बेहोर्दिनुस् भनेको छौं । तर, उहाँले दिनुहुन्न ।’

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ । ‘हामीले नेपाली भूमी खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं । यसमा दुबै टोलीको समर्थन रहेको छ ।’

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH