माघ ११, २०८२ आइतबार | २२:०४:४८
केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार

भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिलाई उपाधि

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलका ‘मोस्ट भ्यालुएबल प्लेयर’ ।

काठमाडौं ।  भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिले जितेका छन् ।

सोमबार सम्पन्न प्रतियोगितामा भ्याली पब्लिक सिनियर गर्ल्स, ग्रिनल्यान्ड सिनियर ब्वाइज र त्रिज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।

भंगालस्थित घरेलु कोर्टम भ्याली पब्लिकले टिआइएलाई ३५-१७ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले १० अंक जोडिन् ।

ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५४-३९ ले हरायो । ग्रिनल्यान्डका सुरेश बिसीले २१ स्कोर गरे । त्रिज्योतिले गोल्डेनपिकलाई ३१-२८ ले निरास बनायो । त्रिज्योतिका ताङबु शेर्पाले १३ अंक जोडे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका महेन्द्र केसी, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा त्रिज्योतिका साम्देन शेर्पा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप छिरिङ लामा, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनिमेश अधिकारी, सिनियर गर्ल्समा टिआइएकी एन्जिला शाही र जुनियर ब्वाइजमा गोल्डेनपिकका अनमोल राई उत्कृष्ट  ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा रिलायन्स पब्लिक स्कुल, सिनियर गर्ल्समा अपी र जुनियर ब्वाइजमा ज्ञान संस्कारले अनुशासित टिमको ट्रफी हात पारे । सिनियर ब्वाइजमा हेराल्ड, सिनियर गर्ल्समा केभिकेएसएस र जुनियर ब्वाइजमा एसिया प्यासिफिक उदीयमान टोली  बने ।

विजेतालाई इन्जिनियर हरिभक्त गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह-संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताको सिनियर ब्वाइजमा ३३, सिनियर गर्ल्समा २० र जुनियर ब्वाइजमा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate