चैत्र १३, २०८२ शुक्रबार | १९:१०:३४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिलाई उपाधि

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलका ‘मोस्ट भ्यालुएबल प्लेयर’ ।

काठमाडौं ।  भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिले जितेका छन् ।

सोमबार सम्पन्न प्रतियोगितामा भ्याली पब्लिक सिनियर गर्ल्स, ग्रिनल्यान्ड सिनियर ब्वाइज र त्रिज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।

भंगालस्थित घरेलु कोर्टम भ्याली पब्लिकले टिआइएलाई ३५-१७ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले १० अंक जोडिन् ।

ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५४-३९ ले हरायो । ग्रिनल्यान्डका सुरेश बिसीले २१ स्कोर गरे । त्रिज्योतिले गोल्डेनपिकलाई ३१-२८ ले निरास बनायो । त्रिज्योतिका ताङबु शेर्पाले १३ अंक जोडे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका महेन्द्र केसी, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा त्रिज्योतिका साम्देन शेर्पा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप छिरिङ लामा, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनिमेश अधिकारी, सिनियर गर्ल्समा टिआइएकी एन्जिला शाही र जुनियर ब्वाइजमा गोल्डेनपिकका अनमोल राई उत्कृष्ट  ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा रिलायन्स पब्लिक स्कुल, सिनियर गर्ल्समा अपी र जुनियर ब्वाइजमा ज्ञान संस्कारले अनुशासित टिमको ट्रफी हात पारे । सिनियर ब्वाइजमा हेराल्ड, सिनियर गर्ल्समा केभिकेएसएस र जुनियर ब्वाइजमा एसिया प्यासिफिक उदीयमान टोली  बने ।

विजेतालाई इन्जिनियर हरिभक्त गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह-संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताको सिनियर ब्वाइजमा ३३, सिनियर गर्ल्समा २० र जुनियर ब्वाइजमा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो