जेष्ठ २०, २०८२ सोमबार | १६:४५:१५
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

भ्याली पब्लिक तीनै विधाको सेमिफाइनलमा

ग्रिनल्यान्ड र एलआरआइ (नीलो) का खेलाडी प्रतिस्पर्धा गर्दै।

काठमाडौं । भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक भ्याली पब्लिक तीनै विधाको सेमिफाइलमा प्रवेश गरेको छ ।

शनिबार भ्याली पब्लिकको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगे । भ्याली पब्लिक ‘ए’ले यसअघि नै सिनियर गर्ल्सको सेमिफाइनलमा स्थान बनाइसकेको थियो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले जिनियस वर्ल्डलाई ४५-२९ ले पराजित गर्यो  
यही स्पर्धामा टिआइएले किङडमलाई ६३-४७, गोल्डेनपिकले गेटवेलाई ६४-५५ र ग्रिनल्यान्डले एलआरआइलाई ५८-२३ ले पराजित गर्दै सेमिफाइला प्रवेश गरे ।  

भ्याली पब्लिकका सुनिल पौडेलले २०, टिआइएका कृष ओलीले १९, गोल्डेनपिकका विजय तामाङले २५ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १७ अंक जोडे ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले हिमरश्मिलाई ३८-१९ ले निरास बनायो ।

यही स्पर्धामा त्रिज्योतिले ग्रिनल्यान्डलाई ३१-१८, एन्जल्स हार्टले सत्यसाइलाई ३५-२९ र गोल्डेनपिकले किङडमलाई ३९-२८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

भ्याली पब्लिकका अशोक विश्वकर्माले २२, त्रिज्योतिका फिन्जु शेर्पाले १२, एन्जल्स हार्टका रुपेश पौडेलले २१ र गोल्डेनपिकका अनमोल राईले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा टिआइएले भ्याली पब्लिक ‘बी’ लाई २१-१६ तथा एलआरआइले हिमरश्मिलाई ९–७ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

टिआइएकी अर्जिला शाहीले ९ तथा एलआरआइकी रिदम भुजेलले तीन अंक बटुले । भ्याली पब्लिक ‘ए’ संगै ग्रिनल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसका थिए ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC