चैत्र ६, २०८२ शुक्रबार | २०:१४:५८
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने

फाइल तस्विर

काठमाडौं । कागेश्वरी मनोहरा उज्ज्वल तारा दौडको आठौं संस्करण यही असोज १२ गते शनिबार हुने भएको छ ।

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको प्रतियोगिता आठौं संस्करणमा पुगेपछि स्थानीय कागेश्वरी नगरपालिकाले आधा स्वामित्व लिएपछि यसपालिको दौडको नाम परिवर्तन भएर ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ नामाकरण गरिएको छ ।

गत वर्षसम्म सात वटा विधा रहेको  प्रतियोगितामा यसपालि विद्यालयका ८ र ९ कक्षाका विद्यार्थीहरु समेतले भाग लिन पाउने गरि यसपटक नौ  विधा समावेश गरिएको छ ।

५ किलोमिटरको दौडमा ८ र ९ कक्षाको छात्र/छात्रा, खुला १८ वर्षभन्दामाथि उमेर समूहको महिला/पुरुष, अभिभावक पुरुष/महिला, युगल जोडी, ५५ वर्ष उमेरमाथि समूहको पुरुष/महिला विधामा प्रतिस्पर्धा हुनेछ ।

विजेतालाई विधा अनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रको साथै पोखरा, नगरकोट र चितवनका तारे होटेलमा एक रात खानेबस्ने सुविधा पाउनेछन् ।

सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसबाट संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक बाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने आयोजकले जानकारी दियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो