भाद्र २३, २०८१ आइतबार | ०८:१४:०८
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

पोखरा म्याराथनलाई ५ लाख हस्तान्तरण

तस्विरः सुदर्शन रञ्जित, पोखरा

पोखरा  । वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसीकुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे १८औं सस्करणका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङले आफ्नो परिवारकातर्फबाट २ लाख र हङकङस्थित नेपाली दाजुभाईबाट संकलित नगद ३ लाख गरी कुल ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

गुरुङले हस्तान्तरण गरेको उक्त रकम म्याराथनको प्रथम पुरस्कारका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ र प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङले समेत समान ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हङकङमा रक्ष (रक्स) गुरुङको संयोजकत्वमा तेक्वान्दोका ग्रान्ड मास्टर चौबहादुर गुरुङले सहयोग गरेका छन् । त्यस्तै गंगा गुरुङले १ लाख, अर्जुन गुरुङले ७० हजार, सुरेश गुरुङले ३० हजार, सुरज (नारायण) गुरुङले ३० हजार रुपैयाँ सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेज बहादुर गुरुङले जनाएका छन् ।

तस्विरः सुदर्शन रञ्जित, पोखरा

यसैगरी हङकङबाट वुद्धि गुरुङ र सुरेन्द्र ढकालले समान हङकङ १ हजार, दिनेश गुरुङले ७ सय, भिम गुरुङले ५ सय, रक्ष (रक्स) गुरुङले ५ सय, डम्वर कुमार गुरुङले २ सय ५१ हङकङ डलर सहयोग गरेका छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोगप्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपालीहरु दाजुभाईको सहयोगले पोखरा म्याराथनलाई सहजरुपमा सञ्चालन गर्न सहयोग पुगेको बताए ।

पोखरा म्याराथनअन्तर्गत म्याराथनमा सहभागिता जनाउन लागेका चन्द्रप्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाको नगद सहयोग १ लाख र विभिन्न साथी भाईबाट संकलित १ लाख ३७ हजार ५ सय गरी कुल २ लाख ३७ हजार ५ सय रुपैयाँ सहयोग मञ्चलाई हस्तान्तरण गरिसकेको छन् ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024