चैत्र १७, २०८२ मंगलबार | १८:४५:३७
पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो

त्रिशुली अल्ट्रा रेस चैत २३ मा

प्रतियोगिताको बारेमा जानकरी दिन आयोजित पत्रकार सम्मेलन, तिस्वरः राखेप ।

काठमाडौं । नेपाल एडभेन्चर रनिंग महासंघको आयोजनामा त्रिुशली अल्ट्रा रेस चैत २३ गते हुने भएको छ । आइतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दियो ।  

महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरका अनुसार प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोग रहने प्रतियोगितामा राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानीय गरि ३०० खेलाडीले सहभागिता जनाउने छन् ।

महिला/पुरुष गरी दुई विधामा सञ्चालन हुने, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नुवकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरवार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशुली अस्पताल, पञ्चकन्या मन्दिर सिढी, चारघरे, रनभुवेश्वरी स्कुल, देवीघाट पुल हुँदै देवीघाट बजारमा पुगेर समाप्त हुने बताइएको छ ।

प्रतियोगितामा सहभागिताका लागि  नेपाल एडभेन्चर रनिंग महासंघ सातदोबाटो, नुवकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युथा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत नाम दर्ता गर्न सकिने छ ।

कार्यक्रमलाई बेलकोटगढी नगरपालिका, बिदुर नगरपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाउँपालिका, उत्तरगाया गाउँपालिका, नुवकोट जिल्ला खेलकुद विकास समिति, रसुवा जिल्ला खेलकुद विकास समितिले सहयोग गरेको प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिए ।  

प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र उक्त रकम बागमती प्रदेश तथा नीजि क्षेत्रको सहयोगमा जुटाउने महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला विकास समितिका अध्यक्ष विजय गुरुङ, रसुवा जिल्ला विकास समितिका अध्यक्ष विराज लोप्चन, नेपाल एडभेन्चर रनिङ महासंघका सचिव रबिन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो