माघ १८, २०८२ आइतबार | ००:४२:४४
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

अन्तर्राष्ट्रिय पदक विजेता रमितको स्वागत

रमितले थाइल्यान्डमा सम्पन्न युथ मुवाँथाइ च्याम्पियनसिपमा नेपाललाई दोहारो स्वर्ण दिलाएका थिए ।

काठमाडौं । थाइल्यान्डमा सम्पन्न आइएफएमए युथ मुवाँथाइ च्याम्पियनसिप नेपालका लागि दोहोरो स्वर्ण पदक जितेका रमित महर्जनलाई गृह वडा, गोदावरी-१२ थेच्वले भव्य स्वागत गरेको छ ।

आइतबार रमितसहितको टोलीलाई वडा कार्यलय र वडावासीले वडा परिक्रमासहित स्वागत गरे।

जे १२-१५ पुरुष युथ ३९-४१ केजीको फाइनलमा रमितले पूर्वी भूमध्य क्षेत्रका सेयद माटिन होसेइनीलाई तेस्रो राउन्डमा ‘वाक अप’का आधारमा पराजित गरेका थिए । त्ययसअघि दुवै खेलाडीले समान १९ अंक जोडेका थिए ।

 रमितले मुवाँथाइ तलेमा पनि स्वर्ण  पदक जितेका थिए । त्यहाँ रमितले विपक्षी खेलाडीलाई नकआउट हानेका थिए ।

आइएमएफए युथ मुवाँथाइ च्याम्पियनसिप २०२४ सेप्टेम्बर ११ देखि २० सम्म थाइल्यान्डको राजधानी बैंककमा भएको थियो ।

रमितसहितको टोली आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।

रमितको सम्मानमा स्थानीय नव दुर्गा धिमे खलःर मिसा धिमे खलःले नेवारी परम्परागत बाजा धिमे र झ्याली बजाएका थिए ।

वडा परिक्रमामा वडावासी, आफन्तजन, खेलप्रेमी तथा स्थानीय सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।

परिक्रमा वडा कार्यलयबाट सुरु भएर बुद्धपोखरी, च्वे लाछी, खाचा, क्वे लाछी हुँदै थेच्व डोजोमा आएर टुंगिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।