काठमाडौं । बागमती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा यहि असोज ४ र ५ गते स्केट बोर्ड प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरि दुई विधा समावेश गरिएको छ ।
प्रतियोगितामा सातै प्रदेशका १७० खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।
थापाथली स्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुने छन् । यसैगरी पुलचोक क्याम्पसमा हुने स्केट बोर्डमा ७० जनाले सहभागिता जनाउने छन् ।
प्रतियोगिता खुल्ला रुपमा हुने र त्यसमा पुरुष महिलाले एकैसाथ प्रतिस्पर्धा गर्नुपने आयोजकले जनाएको छ। प्रतियोगिताका शीर्ष चारले क्रमशः ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरुसँग खेलको विकासका लागि समन्वय गर्दै अघि बढ्ने नीति अनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पुर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए ।
उनले आवश्यक खेल पुर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि जानकारी दिए ।