भाद्र १३, २०८२ शनिबार | ०३:३३:३९
अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ? उचाइ छुने महिला युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी महिला फ्रेन्चाइज भलिबल लिग: ब्राजिल इटालीसहित आइपुगे ११ देशका खेलाडी आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भारतलाई साफ यु-१७ महिला च्याम्पियनसिपकाे उपाधि राखेप अवार्डः खो-खो टोली उत्कृष्ट संकटाको विजयी यात्रा जारी भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, कृतिशा र पूर्णिमालाई पहिलो पटक मौका अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ? उचाइ छुने महिला युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी महिला फ्रेन्चाइज भलिबल लिग: ब्राजिल इटालीसहित आइपुगे ११ देशका खेलाडी आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भारतलाई साफ यु-१७ महिला च्याम्पियनसिपकाे उपाधि राखेप अवार्डः खो-खो टोली उत्कृष्ट संकटाको विजयी यात्रा जारी भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, कृतिशा र पूर्णिमालाई पहिलो पटक मौका
शनिबारको दिन एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड

उचाइ छुने महिला

काठमाडौं । नेपाली महिला खेलाडीहरू जब जब खेलकुदका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रन्छन्, राष्ट्रिय गौरवको कथा लेखिएकै हुन्छ ।

तेक्वान्दोकी संगीना वैद्यले एसियन च्याम्पियनसिप जित्दा होस् या सन् २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गर्ने पहिलो खेलाडीका रूपमा इतिहास रच्दा अथवा गौरिका सिंहले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण र २ रजतसहित ९ पदक जित्दा पूरा देश उनीहरूको सफलतामा रमेको थियो ।

१३ वर्ष २६५ दिनको उमेरमा रियो ओलम्पिकमा सहभागिता जनाउँदा गौरिकाले ओलम्पिक इतिहासकै सबैभन्दा कान्छी सहभागी भएर कीर्तिमान राख्दा पूरा विश्वभर नेपालको चर्चा चुलिएको थियो । ओलम्पिकमा नेपालको फरक इतिहास रचिएको थियो ।

सविता राजभण्डारी र एरिका गुरुङले एसियाली खेलकुदमा जितेका पदक, सावित्रा भण्डारी र एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपका क्लबबाट खेलेको व्यावसायिक फुटबल अनि फुटबल र भलिबलमा महिला टिमले हासिल गरेका नतिजा होस् या प्रत्येक पटक मैदान उत्रिँदा सञ्चार गराएको राष्ट्रिय उर्जा साँच्चिकै प्रेरणादायी छ ।

अवार्डले २१ संस्करण पूरा गरिसक्दा नेपाली खेलकुदलाई गरेको योगदानका आधारमा १० खेलका १९ खेलाडी सम्मानित भइसकेका छन् । 

समग्रमा नेपाली खेलकुदमा महिलाहरूले ओगटेको आधा आकाश पुरुषको तुलनामा बढी गर्व गर्नलायक छ । ओझिलो छ । पहिलो पटक ओलम्पिकमा छनोट भएर खेल्ने, एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने, एसियाली खेलकुदमा नेपालले पाएको सबैभन्दा ठूलो व्यक्तिगत पदक जित्ने, सागको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने जस्ता इतिहास महिला खेलाडीकै नाममा स्वर्णाक्षरले लेखिएका छन् ।

गत वर्ष पलेशा गोवर्धनले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्दा त नेपाली खेलकुदले इतिहासकै ठूलो उपलब्धिको खुसी मनायो । संयोग भन्नुपर्छ, पहिलो पटक ओलम्पिकलाई छनोट हुनेदेखि लिएर ओलम्पिक स्तरमा देशका लागि पहिलो पदक जित्ने इतिहास महिलाबाटै सम्भव भयो ।

नेपालजस्तो देशमा महिलाले पुरुषलाई उछिन्दै त्यस्ता गौरवगाथा कोर्नु सहज र स्वाभाविक पक्कै पनि थिएन । त्यस्ता गौरवशाली कथाको सुरुआत गर्नुअघि महिला खेलाडीले पुरातन रुढिवादी सोच र पुरुषप्रधान मानसिकताले थोपरेका सिमानाहरू तोड्दै अघि बढेका हुन्छन् । संघर्ष र सफलताका नयाँ नयाँ कीर्तिमान कायम गरिरहेका हुन्छन् ।

भनिन्छ नि, ‘जब एक महिला आफ्ना लागि उभिन्छिन्, थाहै नपाई उनी सम्पूर्ण महिलाका लागि प्रेरणास्रोत बन्छिन् । समाज, राष्ट्र र मानव सभ्यताकै लागि सकारात्मक परिवर्तनको उर्जाशील संवाहक बन्छिन् ।’

राष्ट्रिय अवार्डका रूपमा सर्वस्वीकार्य तथा खेल क्षेत्रले सबभन्दा बढी प्रतीक्षा गर्ने गरेको अवार्डको २२औं संस्करण यही भदौ २९ गते पर्यटकीय नगरी पोखरामा हुँदै छ । २

सायद यही कारण भनिएको होला, ‘नारी शक्तिको रूप हो, नारी अभिमानको रूप हो ।’

नेपाली खेलुकद शक्तिको रूप महिलाबाट सधैं अभिमानित भइरहेकै छ । अनि त्यही अभिमानबाट प्राप्त राष्ट्रिय गौरवप्रति नतमस्तक हुँदै महिलालाई आदर्शका रूपमा सम्मानित र पुरस्कृत गर्ने क्रम पनि जारी छ । नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला विधा त्यसैको एउटा महत्वपूर्ण र सशक्त हिस्सा हो । महिला खेलाडीले नेपाली खेलकुदलाई लगाएको गुनको बदलामा कृतज्ञतासहित व्यक्त गरिएको धन्यवाद हो । देशको खेल क्षेत्रमा महिलाले कायम गरेको विरासतको दस्तावेजीकरणसँगै त्यसको निरन्तरताका लागि खेल पत्रकारहरूले थपेको उत्प्रेरणा हो ।

राष्ट्रिय अवार्डका रूपमा सर्वस्वीकार्य तथा खेल क्षेत्रले सबभन्दा बढी प्रतीक्षा गर्ने गरेको अवार्डको २२औं संस्करण यही भदौ २९ गते पर्यटकीय नगरी पोखरामा हुँदै छ । २०५४ मा सुरु भएर प्रत्येक वर्ष काठमाडौंमा हुँदै आएको अवार्ड पहिलो पटक उपत्यकाको सिमाना नाघेर पोखरा जाँदै छ । नेपाली क्यालेन्डरअनुसार अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा लगत्तै वर्ष दिइने अवार्ड २०५४ मा सुरु भए पनि केही वर्ष त्यसले निरन्तरता पाउन सकेन ।

२०६० मा निरञ्जन राजवंशीको अध्यक्षतामा नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले नयाँ नेतृत्व पाएपछि २०६१ सालबाट खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने यो अभियान पुनः सुचारु भयो । त्यसपछि २०७२ सालमा विनाशकारी भूकम्पका कारण एक वर्षबाहेक प्रत्येक वर्ष अवार्ड पनि महिलाले सामाजिक रुढीवादका सबैखाले सिमाना तोड्दै अघि बढेजस्तै नेपाली खेलकुदमा नयाँ नयाँ मानकहरू स्थापित गर्दै उकाली यात्रामा निरन्तर छ ।

२०५४ र २०६१ सालमा भएका अवार्डका सुरुआती दुई संस्करणमा महिला विधाको विजेता नेपालको खेलकुदमात्र नभई समाज र राष्ट्रकै आदर्श महिला संगीना नै थिइन् ।

महिलाको मात्र नभई समग्र नेपाली खेलकुदमै योगदानका आधारमा चर्चा गर्दा तेक्वान्दोकी शिखर महिला संगीना वैद्य सबैभन्दा ठूलोमध्ये एक नाम हो । हो, एनएसजेएफ स्पोर्टस अवार्डको कथा पनि ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी संगीनाबाटै सुरु हुन्छ ।

 २०७९ की वर्ष महिला खेलाडी अरुणा शाही ।

२०५४ र २०६१ सालमा भएका अवार्डका सुरुआती दुई संस्करणमा महिला विधाको विजेता नेपालको खेलकुदमात्र नभई समाज र राष्ट्रकै आदर्श महिला संगीना नै थिइन् । पहिलो संस्करणमा ५ विधा समेटिएको अवार्डमा ७ वर्षको विश्रामपछि २०६१ सालमा पुनः सुरु हुँदा महिला र पुरुष दुई विधामा मात्र खेलाडी सम्मान गरिएको थियो ।

अवार्डले २१ संस्करण पूरा गरिसक्दा नेपाली खेलकुदलाई गरेको योगदानका आधारमा १० खेलका १९ खेलाडी सम्मानित भइसकेका छन् । तेक्वान्दो, कराते, फुटबल र ब्याडमिन्टनले सर्वाधिक तीन/तीन पटक महिला विधाको अवार्ड जितेका छन् । एथलेटिक्स, जुडो र पौडीका खेलाडीले समान दुई तथा क्रिकेट, भारोत्तोलन र भलिबलका स्टारले एक/एक पटक पल्सर स्पोर्टस अवार्डमा महिला विधाको अवार्ड उचालेका छन् ।

तेक्वान्दोबाट संगीनाको पथ पछ्याउँदै २०६४ सालमा मनिता शाही वर्षको उत्कृष्ट महिला खेलाडी घोषित हुँदा करातेकी गंगादेवी अधिकारी र फुटबलकी सनसनी सावित्रा भण्डारीले पनि दुई/दुई पटक अवार्ड जित्ने कीर्तिमान बनाएका छन् । गंगादेवीले २०६७ र २०७० सालमा पुरस्कार जित्दा सावित्रा भने २०७६ र २०७८ मा विजेता भएकी थिइन । २०७७ सालमा कोभिड-१९ को महामारीले पूरा विश्वलाई कोठाभित्र थुन्दा खेलकुदका गतिविधि पूर्ण रूपमा प्रभावित भएको थियो । जसका कारण मञ्चले २०७८ को संस्करणलाई दशक अवार्डका रूपमा सम्पन्न गरेको थियो । जहाँ सावित्रा दशककै उत्कृष्ट नेपाली महिला खेलाडी घोषित भएकी थिइन ।

करातेबाट गत वर्ष एरिका गुरुङ महिला विधामा बाजी मार्ने अर्की खेलाडी हुन् भने फुटबलबाट जमुना गुरुङले २०६८ सालमा महिला विधा जितेकी थिइन । ब्याडमिन्टनका पूजा श्रेष्ठ र सुमिना श्रेष्ठको जोडीले २०६२ सालमा महिला विधाको पुरस्कार जितेको थियो । महिला विधामा एकभन्दा खेलाडीले एकै वर्ष संयुक्त रूपमा पुरस्कार जितेको यो अहिलेसम्मको एकमात्र अवसर हो । यसैगरी नङ्सलदेवी तामाङले २०७४ र शोभा गौचनले २०७५ सालमा ब्याडमिन्टनको प्रतिनिधित्व गर्दै वर्ष महिला खेलाडी भएका थिए । 

एथलेटिक्सबाट २०६३ मा निर्मला भारती र राजपुरा पछाईले २०८० मा महिला विधामा बाजी मार्दा जुडोबाट सुनीता बोहराले २०७१ तथा फुपूल्हामु खत्रीले २०७३ सालमा महिला विधाको पुरस्कार जितेका छन् । पौडीकी करिश्मा कार्की २०६६ र गौरिका सिंह २०७७ मा वर्ष महिला खेलाडी घोषित भएका थिए । क्रिकेटकी पूर्वकप्तान नेरी थापाले २०६५ सालमा महिला विधाको पुरस्कार जित्दा २०६९ मा भारोत्तोलनका तारादेवी पुन तथा २०७९ मा भलिबलकी कप्तान अरुणा शाहीले वर्ष महिला खेलाडीको पुरस्कारमा बाजी मारेका थिए ।