कार्तिक ८, २०८२ शनिबार | ०६:११:४३
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडमा अनुबन्ध भएका तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

नेदरल्यान्ड्सका डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी भिनस्ट्रा आइतबार नेपाल आइपुगेका हुन् ।

अनुभवी सेटर आर्डेमाले नेदरल्यान्ड्स, स्पेन र जर्मनका लिग खेलेकी छन् । पछिल्लो समय उनी डच शीर्ष डिभिजन क्लब सुडोसा डेस्टोबाट खेलिरहेकी छन् । आर्डेमाले सन् २०२४ मा उनले डच युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।

वेसेल्सले भलिबल करिअरको सुरुआत घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गरेकी थिइन् ।  त्यसपछि उनले आरटिसी ग्रोनिङ्गेन हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डल हुँदै स्लिड्रेच्ट स्पोर्ट पुगिन् ।

स्लिड्रेच्ट स्पोर्टमा रहँदा राष्ट्रिय उपाधि जितेकी उनले युरोपियन प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन् । पछिल्लो समय उनी सुडोसा-डेस्टो क्लबबाट खेल्दै आइरहेकी छन् ।

आउट साइड हिटर भिनस्ट्रा सन् २०२१/२२ सिजनदेखि डच शीर्ष डिभिजन भलिबल लिगको क्लब सुडोसाडेस्टोकाबाट खेल्दै आएकी छन् । उनले २०२४ मा उनले सुडोसा(डेस्टोबाट डच युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेस्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।

मधेशले प्रशिक्षणको जिम्मेवारी कोपिला उप्रेतीलाई सुम्पिएको छ ।

मधेश युनाइटेड टोली
निरुता ठगुन्ना (मार्की), आरति सुवेदी, कोपिला राना, सरस्वती कटेल, उषा विष्ट, बविता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना ।

 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain