माघ १२, २०८२ सोमबार | २१:३२:००
गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित

पोखरा रंगशालाको प्यारापिट फेरिदै

पोखरा रंगशालामा प्लाइउड हटाएर स्टिल पाता राखिदै, तस्विरः सुदर्शन रञ्जित ।

काठमाडौं । प्यारापिटमा रहेको प्लाइ उड जिर्ण बन्दै गएपछि अहिले पोखरा रंगशालाको मर्मत सम्भार भइरहेको छ ।

जिल्ला खेलकुद विकास समिती कांस्कीको प्रत्यक्ष निगरानीमा भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल  ललितपुर (जेभी) ले रंगशालाको मर्मत थालेका हुन् । करिब दुई महिला अघि मर्मत सम्भार सुरु गरिएको रंगशालामा अहिले प्यारापिटको प्लाइउड हटाएर स्टिलको पाता राख्ने काम भइरहेको छ ।

खेलकुद विकास समितीका अध्यक्ष मिलन गुरुङले एक साइडको काम सकिएको जानकारी दिए । ‘अहिले एक साइडको काम सकेर अर्को साइडको सुरु भएको छ । करिब दुई महिना अघि नै सुरु भएको भए पनि चाड पर्वका कारणबीचमा काम हुन सकेन, त्यसैले केही ढिला भयो,’ गुरुङले भने ।  

अध्यक्ष गुरुङले यो मैदानका पूर्वाधारका लागि विमा रहेको र निमार्ण कम्पनीसँग १२ सम्मका लागि मर्मत सम्भारका लागि सम्झौता भएकाले सोही सम्झौता अनुसार अहिले काम भइरहेको बताए  ।

पोखरा रंगशालामा प्लाइउड हटाएर स्टिल पाता राखिदै, तस्विरः सुदर्शन रञ्जित । 

‘घामपानी सहन नसकेर प्यारपिटको प्लाइउड जिर्ण बन्दै गएपछि जोखिम बढ्न सक्ने भन्दै हामीले मर्मत सम्भार गरिदिन कम्पनीलाई पत्र लेखेका थियाैं। यसको विमा भएको र १२ वर्षसम्मका लागि सम्झौता गरिएकाले सोहि अनुसार अहिले काम भइरहेको हो,’ गुरुङले थपे ।

सन् २०७२ को भुकम्पले क्षतिग्रत रंगशालाको पुर्निमाणको जिम्मेवारी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल  ललितपुर (जेभी) ले पाएका थिए ।

२०७६ मा भएको दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरियो मैदानको पुनर्निमार्ण सुरु गरिएको थियो । त्यती बेला मैदानले पूर्णता नपाए पनि महिला फुटबल यही मैदानमा सञ्चालन गरिएको थियो ।

जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष मिलन गुरुङ । 

करिब १ अर्व ३० करोड लागतमा २०७९ सालमा मैदानको पुनर्निमार्णले पूर्णता पाएको थियो । १६ हजार ५०० दर्शक क्षमता रहेको पोखरा रंगशालालाई दशरथ रंगशालाको वैकल्पका रूपमा हेरिएको थियो ।  तर राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको यो रंगशाला केही घरेलु प्रतियोगितामै खुम्चिन पुगेको छ । यहाँ हाल आहा रारा पोखरा गोल्ड कपबाहेकका अन्य ठूला प्रतियोगिता कमै हुने गरेका छन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate