कार्तिक ८, २०८२ शनिबार | ०६:०२:५८
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

यु-१९ महिला भलिबल टोलीको मुख्य प्रशिक्षकमा कुमार राई

काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला च्याम्पियनसिपका नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी कुमार राईलाई सुम्पिएको छ ।

नेपाली घरेलु प्रतियोगिताका सफल प्रशिक्षकमध्ये एक राईले यसअघि पनि उमेर समूहमा नेपाली टोलीको प्रशिक्षण सम्हालिसकेका छन् ।

घरेलु प्रतियोगितामा न्यु डायमन्ड स्पोर्टस क्लबको प्रशिक्षण सम्हालीरहेका राई एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा कर्णाली याश्विसको नेतृत्व गरिरहेका छन् । कर्णालीले पहिलो संस्करणमा उपाधि जितेको थियो ।

संघले बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरिसकेको छ । राष्ट्रिय टोली निमार्णका लागि शुक्रबार र शनिबार खेलाडी छनोट कार्यक्रम सञ्चालन गरिएको थियो ।

टोलीको बन्द प्रशिक्षण असोज १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु हुनेछ ।  

काभा यु-१९ महिला च्याम्पियनसिप कार्तिक १७ देखि २४ सम्म श्रीलंकामा हुँदैछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

भावना तामाङ, मीना सुनार, नामसरा राना, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, मीना चौधरी, अनिशा थारु, अनुष्का कार्की, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ, रुपमा लम्साल, विनिता राना, जेनिशा विश्वकर्मा र प्रसंशा बौडेल


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain