सातदोबाटो । शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडीले इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स डबल्समा स्वर्ण पदक जितेको छ ।
यो जोडीले फाइनलमा बंगलादेशका हुमिराह हैदर र नयिम हुसेनको जोडीबाट वाक ओभर पायो । नयिम घाइते भएकाले उक्त जोडीले फाइनल त्यागेका थियो ।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडीले नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीलाई ६-१, ६-० तथा भारतकका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीले नेपालका वृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६-४, ६-४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
गर्ल्स सिंगल्समा नेपालकी शिभाली गुरुङले आफ्नै डबल्स पार्टनर सइजनलाई ६-१, ६-२ तथा बंगलादेशकी हुमाराहले नेपालकी स्वराह थापालाई ६-०, ६-० को सोझो सेटमा निरास बनाउँदै फाइनलमा स्थान बनाए ।
ब्वाइज सिंगल्समा भारतका तनिसले हङकङका लाप यिन ललाई ६-०, ६-१, नेपालका वृजेश अर्यालले नेपालकै असभसम्राट हाडालाई ६-१, ६-०, भारतका अभी अग्रवालले नेपालका विश्वविषेश डल्लाकोटाीलाई ६-०, ६-१ तथा न्युजिल्यान्डका ज्याक्स रुपले भारतका हर्ष मर्वाहालाई ६-४, ४-६, ७-५ ले हराउँदै सेमिफाइनल यात्रा तय गरे ।