मंसिर ३०, २०८२ मंगलबार | १०:३१:१२
आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई

राजवीर, आरभसम्राट, निशान र निहाल सेमिफाइनलमा

प्रदीप खड्काविरुद्ध प्रतिस्पर्धा गर्दै राजवीर प्रधान ।

काठमाडौं । राजवीर प्रधान, आरभसम्राट हाडा, निशान श्रेष्ठ र निहालजंगबहादुर थापाले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।

राजवीरले बुधबार सम्पन्न क्वार्टरफाइनलमा नेपाल नम्बर एक प्रदीप खड्कालाई ६-४, ७-५ को सोझो सेटमा पराजित गरे ।

यसैगरी आरभसम्राटले सक्षमविक्रम शाहलाई ६-२,६-१, निशानले प्रणव खनाललाई ४-६, ६-२, ७-५ तथा निहालले प्रीतम परियारलाई ६-२,६-१ ले निरास बनाउँदै अन्तिम चारको यात्रा तय गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले समृद्धि महर्जनलाई ६-२, ६-०, जेनी खड्काले प्रकृति श्रेष्ठलाई ६-२,६-०, आइशा डोल्कर लामाले कर्मिस्था नुगाह श्रेष्ठलाई ७-६,६-३ तथा स्वस्तिका विष्ठटले सुनिरा थापालाई ६-३, ३-६ ,७-६ ले  हराउदै सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ र सन्तोष खत्रीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा ४५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडी डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ५-७, ६-३, १०-७ ले हराउँदै च्याम्पियन बन्यो ।

यता भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा भिक्टर राणा, ध्रुवबहादुर गुरुङ, उत्तम बोगटी र विमलकुमार गुरुङ सेमिफाइनलमा पुगे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, चन्द्र शाही, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले अन्तिम चारको यात्रा तय गरे ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team