वैशाख २६, २०८२ शुक्रबार | १२:२०:०८
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

जुनियर टेनिसः शिभाली र स्वराह सेमिफाइनलमा

शिभाली गुरुङ, फाइल तस्विर

सातदोबाटो । इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स सिंगल्समा नेपालका शिभाली गुरुङ र स्वराह थापा  सेमिफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार शिभालीले भारतकी सौन्दर्या जैशवाललाई ६-०, ६-० ले पराजित गरिन् । 
स्वराहले भारतकी नयिम हुसेनबाट वाकओभर पाइन् । पहिलो सेटमा ४-३ ले अगाडि रहेको अवस्थामा घाइते भएपछि नयिमले खेल त्याग्ने निर्णय लिएकी थिइन् ।

सोही स्पर्धामा बंगलादेशकी हुमीराह हैदरले नेपालकी सरा पन्तलाई ६-१, ६-० तथा माल्दिभ्सकी आइसथ करिन सइजनले नेपालकी साल्भी शेरचनलाई ६-१, ६-२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका तनिश नन्दाले अस्ट्रेलियाका भेडान्त चालिसेलाई ६-०,६-०, नेपालका वृजेश अर्यालले भारतका कृष्णसिंह रघुवंशीलाई ६-०,६-१, नेपालका असभसम्राट हाडाले बंगलादेशका मुहम्मद हैदरलाई ६-२, ६-२, नेपालका विश्वविशेष डल्लाकोटीले आफ्नै देशका स्पन्दन उदासलाई ६–४, ६–४ ले हारउँदै क्वार्टरफाइनलको यात्रा तय गरे ।

यसैगरी भारतका अभी अग्रवालले नेपालका युभेनमान श्रेष्ठलाई ६-०,६-०, हङकङका लाप यिन लले नेपालका सहनवाज आलमलाई ६-१, ६-१ तथा भारतका हर्ष मर्वाहाले बंगलादेशका रकिन रहमानलाई ६-३, ६-० ले हराउँदै क्वार्टरफाइल प्रवेश गरे । यस्तै न्युजिल्यान्डका जेक्स रुप पनि क्वार्टरफाइनलमा प्रवेश गरे ।

ब्वाइज डबल्समा नेपालका वृजेश अर्याल र विश्वविशेष डल्लाकोटीको जोडीले बंगलादेशका हैदर र हङकङका लापको जोडीलाई ६-२,६-२ तथा नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीले नेपालकै साङगे रोकाया र युभेनमान श्रेष्ठको जोडीलाई ६-३ र ६-० को सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, नेपालका अभि अग्रवाल र भारतका तनिश तथा भारतका हर्ष मर्वाहा र बंगलादेशका रकिन रहमानको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

गर्ल्स डबल्समा नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडीले भारतका सौन्दर्य र इक्सिटा रञ्जन नाभ्याको जोडीलाई ६-१, ६-१ तथा बंगलादेशी हुमिराह र भारतकी नयिम हुसेनको जोडीले नेपालका साल्भी शेरचन र मेरिशा थापाको जोडीलाई ६-०, ६-२ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP