कार्तिक ४, २०८२ मंगलबार | २१:३८:२९
नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी

नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल तेक्वान्दा संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा आगामी बैशाख ४ देखि ६ गतेसम्म कुकिवन च्याम्पियनसिप हुने भएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगितामा ब्रेकिङतर्फ साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्ड गरि पाँच विधा समावेश छ । 

ब्रेकिङमा युनियरतर्फ यु-१२, १३-१५, १६-१८ तथा सिनियरतर्फ १९-२९ र ३०-५९ गरि पाँच उमेर समूहमा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।

यस्तै अथोराइज पुम्सेतर्फ पाँच उमेर समूहका एकल, पियर र ग्रुप पुम्से गरि तीन विधामा ३० स्वर्णका लागि प्रतिस्पर्धा गराइने छ ।

यसैगरी तेक्वान्दो एरोबिकमा महिला र पुरुष गरि ५ देखि सात जनाको टिम बनाइ सिनियर र जुनियर तथा टिम ग्यागोरीमा महिला तथा पुरुष यु १२, १८ र २९ गरि तीन समूहमा  ६ स्वर्णका प्रतिस्पर्धा गराइने जानकारी दिइयाे ।

अनुमानित बजेट २१  लाख १५ हजार रुपैयाँ रहेको प्रतियोगितामा मेडल विश्व तेक्वान्दो मुख्यालय कुकिवनले उपब्ध गराउनेछ भने बाँकी रकम नेपाल तेक्वान्दो संघले नै व्यस्थापन गर्नेछ । 


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain