मंसिर २१, २०८२ आइतबार | ०६:११:१७
पोखराको सान्त्वना जित चितवनले दियो पोखरालाई सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ पोखराको सान्त्वना जित चितवनले दियो पोखरालाई सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’

एसियाली खेलकुदः तेक्वान्दोमा नेपालको यात्रा समाप्त

काठमाडौं । पुरुष ८० केजी माथिको अन्तिम-१६ मा बिहीबार ज्याकी यादवले बिहिबार जोर्डनका एनस सादेककोसँग २-० ले पराजित भएसँगै चीनको हाङझाउमा जारी १९ औं एसियली खेलकुदको तेक्वान्दोमा नेपालको यात्रा समाप्त भएको छ ।

एसियाली खेलकुदमा तेक्वान्दोबाट नेपालका ११ खेलाडीले सहभागिता जनाएका थिए । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु ,पुरुष ६३ केजीमुनिमा गोविन्दबहादुर आले र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै पराजित भएका थिए ।

पुरुष ८० केजीमुनिमा ओमिद साहकसँग २-० ले पराजित हुँदा अभिषेक बरालको यात्रा अन्तिम ३२ मै सिमिति बन्यो  ।

पुरुष ६८ केजीमुनिमा चाइनिज ताइपेइका यि जुयी चियुसँग २-० ले नै स्तब्ध बन्दा वीरबादुर महर अन्तिम १६ बाटै बाहिरिए ।

यसैगरी इन्द्रा बस्नेतको यात्रा पनि अन्तिम-१६ बाट अगाडि बढ्न सकेन । उनी महिला ६७ केजी मुनिमा इरानमी भाकिली मिलिका मिरहुसेनीसँग २-० ले पराजित भइन् ।

गोविन्दबहादुर पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम-३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम-१६ मा प्रवेश गरेका थिए ।

अन्तिम-१६ मा भने गोविन्द थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २-० ले पराजित हुँदै बाहिरिए ।

यसैगरी महिला ५३ केजीमुनिको अन्तिम-१६ मा आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले पराजित भइन् ।

सन्ध्याकुमारी सिंह लेबनानकी लाइतितिए आउनसँग २-० ले निरास हुँदै महिला ५७ केजीमुनिको अन्तिम-१६ बाटै बाहिरिइन् ।

क्वार्टरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएपछि तेक्वान्दोका प्रेमबहादुर चीनमा  नेपाललाई पदक दिलाउन चुके ।

प्रेमले ७.१६० अंक प्राप्त गर्दा पेरेजले ७.५६० अंक प्राप्त गरे । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने थियो ।

प्रेमले त्यसअघि अन्तिम-१६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए । प्रेमले ७-३६० तथा कादिरले ७.२५० अंक ल्याए ।

त्यस्तै महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलमै सकिएको छ । अन्तिम-१६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भइन् । स्वस्तिकाले ७.२५० तथा दियानाले ७.६०० अंक जोडेका थिए।

महिला ४९ केजी तौलसमूहको अन्तिम-१६ मा  अञ्जली  थाइल्यान्डकी पानिपाक वानपतानमितसँग २-० ले पराजित भइन् । उनले पहिलो चरणमा कम्वोडियाकी लिडेन क्रिलाई २-० ले पराजित गरेकी थिइन् ।

यसैगरी पुरुष ५८ केजी तौलसमूहमा साउदी अरेबियाका रियाद नासर हाम्दीसँग २-० ले पराजित भएपछि राहुल कुमालको यात्रा अन्तिम-३२ मै टुङ्गियो ।

पदकको निकै आशा गरिएको तेक्वान्दोमा यस पटक नेपाली खेलाडीले निकै निरासनजनक प्रदर्शन गरे ।  

 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas