मंसिर २५, २०८१ मंगलबार | ०८:१७:०८
एनपिएलः कर्णाली र पोखरा भिड्दै चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित एनपिएलः कर्णाली र पोखरा भिड्दै चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित

जोकोभिचले वर्षको पहिलो ग्रान्ड स्लाम खेल्ने टाइलीको विश्वास

सिड्नी । अस्ट्रेलियन ओपनका प्रमुख क्रायग टाइलीले विश्व नम्बर एक नोभाक जोकोभिचले वर्षको पहिलो ग्रान्ड स्लाम खेल्ने विश्वास व्यक्त गरेका छन् ।

अस्ट्रेलियन ओपन २०२२ जनवरी १७ बाट सुरु हुँदैछ । तर जोकोभिचले प्रतियोगिता खेल्ने वा नखेल्ने बारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

नौ पटकका अस्ट्रेलियन ओपन विजेता जोकोभिचले आफूले कोभिड १९ संक्रमणविरुद्धको भ्याक्सिन लगाएको वा नलगाएको बारेमा पनि केही खुलाएका छैनन् ।

भिक्टोरिया राज्यको सरकारले अस्ट्रेलियन ओपन दौरान सबै खेलाडी, कर्मचारी र दर्शकलाई कोभिड १९ संक्रमणविरुद्धको भ्याक्सिन लगाएको कार्ड अनिवार्य गरेको छ ।

अस्ट्रेलियन ओपनको ड्र मा जोकोभिचको पनि नाम समावेश छ । उनले जनवरी एक देखी नौ सम्म हुने एटिपी कपमा सर्बियाको प्रतिनिधित्व गर्दैछन् । 

‘अहिले विदेशी खेलाडी वा पर्यटकको हकमा अस्ट्रेलिया प्रवेश गर्न कोभिड १९ संक्रमणविरुद्धको भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्छ,’ टाइलीले भने, ‘यो खेलाडी, कर्मचारी र समर्थकको सुरक्षाका लागि ल्याइएको नियम हो । हामी प्रतियोगितामा उत्कृष्ट खेलाडीको सहभागिता चाहन्छौ । म जोकोभिचलाई प्रतियोगितामा देख्न चाहन्छु । जोकोभिचले आवश्यक प्रक्रिया पूरा गरेछन् भने उनी प्रतियोगितामा सहभागि हुनेछन् अन्यथा उनको अनुपस्थिती सबैका लागि निराशाजनक हुनेछ ।’

 

 


भिडियो
कुशल मल्ल राम्रा कप्तान हुन्ः Jan Nicol Loftie Eaton
डेब्युमै तीन विकेट लिएका ABHISHESH GAUTAM
Pratis GC भन्छन्ः प्लेअफ जान गाह्रो छ
लगातार हारपछि लुम्बिनीका प्रशिक्षक Nandan Padnis भन्छन्ः बलिङ राम्रो हुनै सकेन
लगातार जितपछि सुदूरपश्चिमका प्रशिक्षक Jagat Tamata भन्छन्ः लुम्बिनीका खेलाडी आत्तिए
TIP TOP HELP NEPAL SPORTS CLUB TRAINING II Cava Club Volleyball Championship 2024
Cava Championship आयोजनाको तयारीमा पूर्वाधार अभावले गार्हो भयो : Jitendra Bdr Chand President NVA