वैशाख २६, २०८२ शुक्रबार | १९:२२:४०
एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

नाडाललाई कोभिड संक्रमण, अस्ट्रेलियन ओपनमा सहभागिता अनिश्चित

मड्रिड । अर्को महिना हुने वर्षको पहिलो ग्राण्ड स्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन खेल्ने अपेक्षा गरिएका स्पेनिस टेनिस स्टार राफेल नाडालले आफू कोभिड १९ बाट संक्रमित भएका कारण आइसोलेसनमा रहेको बताएका छन् ।

पूर्व विश्व नम्बर एक नाडालले गत साता एक प्रदर्शनी प्रतियोगिता खेलेर अबुधाबीबाट स्पेन फर्किएपछि कोभिड १९ को परिक्षण गराएका थिए । संक्रमण पुष्टी भएपछि अस्ट्रेलियन ओपनमा उनको सहभागिता अनिश्चित बनेको छ ।

‘म अहिले केही दुःखद परिस्थितीको सामना गरिरहेको छु । तर विस्तारै प्रत्येक दिन सुधार भइरहेको छ । कोभिड १९ संक्रमणका कारण म अहिले घरमै आइसोलेसनमा बसेको छु । यसबीचमा मसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन अनुरोध गर्दछु,’ नाडालले ट्विटरमा लेखेका छन्, ‘संक्रमणका कारण मैले आगामी प्रतियोगिताहरुमा सहभागिताको विषयमा तत्काल कुनै निर्णय गर्न सकेको छैन । पक्कै पनि मेरा योजनाहरु प्रभावित हुनेछन् ।’

अस्ट्रेलियन ओपनअघि हुने एउटा एटिपी प्रतियोगितामा सहभागिता जनाउनका लागि ३५ वर्षे नाडाल यसै महिनाको अन्त्यसम्ममा मेलबर्न जाने योजनामा थिए । अस्ट्रेलियन ओपन जनवरी १७ बाट मेलबर्न पार्कमा सुरु हुनेछ ।

२० पटकका ग्राण्ड स्लाम विजेता नाडाल पछिल्लो ६ महिनादेखि खुट्टाको चोटका कारण आराममा थिए । त्यही चोटका कारण नाडालले यो वर्ष विम्बल्डन र युएस ओपन खेल्न सकेका थिएनन् । उनले अगस्टयता पहिलो पटक शुक्रबार अबुधाबीमा कोर्ट उत्रँने क्रममा अर्का पूर्व विश्व नम्बर एक एण्डी मरेसँग पराजित भएका थिए ।

त्यसपछि शनिबार अर्को खेलमा उनी विम्बल्डनको सेमिफाइनलसम्मको यात्रा तय गरेका क्यानाडाका डेनिस सापोभालोभसँग पराजित भएका थिए ।

सिजनको आधा भन्दा बढि समय कोर्टबाहिर विताए पनि २०२१ को विश्व वरियतामा नाडालले छैटौं स्थान हासिल गरेका थिए । बार्सिलोना र रोममा जितेका दुई उपाधि तथा फ्रेन्च ओपनमा सेमिफाइतल र अस्ट्रेलियन ओपनमा क्वार्टरफाइनलसम्म गरेको यात्राबाट प्राप्त अंकको आधारमा उनले छैटौं वरियता हासिल गरेका हुन् ।

शुक्रबार अबुधाबीमा स्पेनका पूर्व राजा हुँवा कार्लोससँग मास्क नलगाइकन बसेको अवस्थामा नाडालको फोटो सार्वजनिक भएको थियो । २०२० को अगस्टमा राजनीतिक भ्रष्टाचारको विवादपछि संयुक्त अरब इमिरेट्स (युएई) निर्वासनमा रहेका ८३ वर्षे पूर्व राजा कार्लोसको त्यो अत्यन्तै दूर्लभ सार्वजनिक तस्बिर थियो ।

नाडालले अबुधाबीमा निरन्तर कोभिड १९ को परिक्षण गरेको र सधै निगेटिभ नतिजा आउने गरेको बताए । शुक्रबार मात्र उनले अबुधाबीमा पछिल्लो परिक्षण गराएका थिए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP