अस्ट्रेलियन ओपन

सेरेनाले अस्ट्रेलियन ओपन नखेल्ने

सिड्नी । सेरेना विलियम्सले आगामी महिनाका लागि तय अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी छिन् ।

जुनमा सम्पन्न विम्बल्डन दौरान ह्यामस्टिङको समस्याका कारण कोर्टबाट बाहिरिएपछि सेरेनाले कुनै पनि प्रतियोगितामा सहभागिता जनाएकी छैनन ।

गत महिना ४० वर्षिया सेरेनाले आफू चोटमुक्त भएको र अस्ट्रेलियन ओपनबाट कोर्टमा फर्कने बताएकी थिइन् ।

‘चिकित्सकसँगको परामर्शपछि मैले अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी हुँ,’ सेरेनाले भनिन्, ‘यो मेरा लागि सहज निर्णय थिएन । म पूर्ण रुपमा फिट भैसकेको छैन । म छिट्टै कार्ट फर्कन आतुर छु । ’

सेरेनाले पछिल्लो पटक सन् २०१७ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । उनको त्यो नै पछिल्लो ग्रान्ड स्लाम उपाधि थियो ।

सेरेनाको अनुपस्थितीमा यस पटक विश्व नम्बर एक अस्लेघ बार्टी , युएस ओपन विजेता इमा राडुकानु र चार पटककी ग्रान्ड स्लाम विजेता नाओमी ओसाकालाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।