वैशाख २६, २०८२ शुक्रबार | १८:०१:४५
बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे

मंसिर २७ गतेबाट प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने

काठमाडौं । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजना तथा नेपाल टेनिस संघको प्राबिधिक सहयोगमा मंसिर २७ गतेबाट प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । 

पुस पाँच गते सम्म संचालन हुने प्रतियोगितामा खुल्लातर्फ  पुरुष एकल, महिला एकल , पुरुष युगल र महिला युगल गरि चार , भेट्रान्सतर्फ  ३५ वर्ष माथि उमेर समूह एकल, ३५ वर्ष माथि उमेर समूह युगल, ४५ वर्ष माथि उमेर समूह एकल, ४५ वर्ष माथि उमेर समूह युगल , ५५ वर्ष माथि उमेर समूह एकल, ५५ वर्ष माथि उमेर समूह युगल र ६५ वर्ष माथि उमेर समूह गरि सात विधामा प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै इन्टर गभरमेन्टल विधामा पुरुष युगलमा प्रतिस्पर्धा हुनेछ ।  भेट्रान्स र इन्टर गभरमेन्टलतर्फ पुरुष विधाको मात्र खेल हुनेछ । 

जसअन्तर्गत पुरुष  र महिला एकलतर्फको विजेताले ५० हजार रुपैयाँ उपविजेताले २५ हजार रुपैयाँ हात पार्दा तेस्रो र चौथौ स्थानको खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै पुरुष र महिला युगलतर्फका विजेताले ४० हजार रुपैयाँ उपविजेताले २० हजार रुपैयाँ हात पार्दा तेस्रो र चौथौ स्थानको खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भेट्रान्सतर्फ  ३५ वर्ष माथि उमेर समूह एकलका विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ तथा तेस्रो र चौथो स्थानको खेलाडीले समान आाठ हजार हात पार्नेछन् ।

३५ वर्ष माथि उमेर समूह युगल र ४५ वर्ष माथि उमेर समूह एकलका विजेताले २५ हजार रुपैयाँ  र उपविजेताले १३ हजार प्राप्त गर्नेछन् । ४५ वर्ष माथि उमेर समूह युगल र ५५ वर्ष माथि उमेर समूह एकलतर्फका विजेताले २० हजार रुपैया र उपविजेताले १० हजार रुयैयाँ हात पार्नेछन् । ५५ वर्ष माथि उमेर समूह युगल र ६५ वर्ष माथि उमेर समूहतर्फका विजेताले १५ हजार रुपैयाँ र उपविजेताले आठ हजार रुपैयाँ हात पार्नेछन् । 

इन्टर गभरमेन्टल विधामा पुरुष युगलका विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १३ हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगिताका खेलहरु  आर्मी अफिसर्स क्लबको कोर्ट–२ र नेपाल लन टेनिस संघको दशरथ रंगशाल स्थित कोर्ट–२ मा हुनेछ । 

प्रतियोगितामा क्लबका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP