काठमाडौं एसियन यु-१४ ¥याङकिङ टेनिस प्रतियोगिता

प्रशंसा र सुनिराको जोडी च्याम्पियन

काठमाडौं । नेपालकी प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी बुधबार काठमाडौं एसियन यु-१४ ¥याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट- १ को गल्र्स डबल्सको च्याम्पियन भएको छ ।

      नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६-२,६-० सोझो सेटमा सहजै पराजित गरे । 

ब्वाइज डबल्समा नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ४-६ ६-३, १०-२ को सेटमा हराउदै फाइनलमा प्रवेश गरे ।

  सुनिरा गल्र्स सिंगल्समा पनि फाइनल प्रवेश गरिन् । सुनिराले नेपालकी शिभाली गुरुङमाथि ६-२,६–३ को जित दर्ता गरिन् । सोही स्पर्धामा नेपालकी इभा अधिकारीले समृद्धि महर्जनलाई ४-६, ६-२,६-४ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

   सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले नेपालका निश्चल कायश्थलाई ४-६, ६-३,७-५, नेपालका दर्शिल श्रेष्ठले नेपालका वृजेश अर्याललाई ४-६, ६-२,६-१ तथा नेपालका सक्षमविक्रम शाहले भारतका अमिर मुहम्मद खान मजारीलाई ६-४, ३-६, ६-२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।