अकीलाई स्वर्ण पदक

काठमाडौं, (खेलाडी)-  अकी जुवेन रावतले शनिबार दोस्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको १३ वर्षमुनिको छात्र एकलमा स्वर्ण पदक जितेका छन् ।

धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६-३, ६-२ को सोझो सेटमा परजित गरे । 

१३ वर्षमुनिको छात्रा एकलमा उपाधि भिडन्तमा सर्वानी श्रेष्ठले सुनिरा थापालाई ६-४, ७-५ को सेटमा हराउँदै स्वर्ण पदक जितिन् ।

१४ वर्षमुनिको छात्र एकलको फाइनलमा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६-४,६-० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थान हात पारे । १४ वर्षमुनिको छात्रा एकल सुनिरा थापाले आध्या पौडेललाई सोझो सेटमा हराइन ।

छात्र युगलमा अकी जुवेन रावत र निहालजंग थापाको जोडी तथा छात्रा युगलमा इशा शाह र सर्वानी श्रेष्ठको जोडीले पहिलो स्थान हात पारे ।

विजेता खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टलगायतले पुरस्कृत गरे