कराते
साफ स्वर्ण पदक विजेता राईको निधन

काठमाडौं, (खेलाडी)- नेपालमा १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा स्वर्ण पदक जितेका कराते खेलाडी कृष्णबहादुर राईको बुधबार निधन भएको छ ।
५३ वर्षे राईको कोभिड १९ को संक्रमणका कारण निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् । श्रेष्ठ पनि कराते पहिलो पटक समावेश गरिएको आठौं साफका स्वर्ण पदकधारी कराते खेलाडीमध्ये एक हुन् । काठमाडौंमा सम्पन्न साफको उक्त संस्करणमा नेपालले करातेबाट १४ स्वर्ण पदक जितेको थियो ।
आठौं साफमा करातेको टिम कातामा स्वर्ण पदक जित्ने टोलीमा राई मुख्य खेलाडी थिए । उनले चौथो राष्ट्रिय खेलकुदको एकल कातामा स्वर्ण पदक जितेका थिए ।