सूर्य नेपाल गल्फ टूर

सूर्य नेपाल गल्फ टूर सोमबारबाट सुरु

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१ २२ प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ ।

आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने जानकारी दिए।

प्रतियोगितामा ३४ प्रोफेसनल र १२ एमेच्योर गरि ४६ गल्फर सहभागी हुने अध्यक्ष दीपक आचार्यले बताए ।

आयोजकका अनुसार ७२ होलमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी कुल ६ लाख ४० छ ।

प्रतियोगिताको विजेताले १ लाख १० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्राेले क्रमशः ७४ हजार र ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियाेगितामा २१औं स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार रकम पाउनेछन् ।

आयोजकले शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभास तामाङ गरि ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दाबेदारको रुपमा लिएको छ । 

त्यस्तै आयोजकले यस वर्ष ८ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।