बक्सिङ
प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता
प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा
काठमाडौं । नेपाल बक्सिङ संघले सोमबारबाट हुने प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा महिलातर्फ आठ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी कुल २१ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि क्लब र जिल्ला गरी ३२ टोलीबाट अहिलेसम्म एक सय १५ खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
प्रतियोगितालाई सफल पार्नका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक पुष्करराज पन्तले जनाएका छन् ।