युवा तथा खेलकुद मन्त्री गहतराजद्वारा नेपाली बक्सिङ टोलीको विदाई

काठमाडौं, (खेलाडी)- आइबा वल्र्र्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले शुक्रबार विदाइ गरेका छन् ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सिहंदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमामा आयोजित कार्यक्रममा खेलकुद मन्त्री गहतराजले खेलाडी, प्रशिक्षक र टिम म्यानेजर सहितको टोलीलाई सफल यात्रा र जितको शुभकामना दिँदै विदाइ गरे ।

खेलकुद मन्त्री गहतराजले राष्ट्रिय खेलकुद परिषद मातहत करिव दुई सयको हाराहारीमा  खेलकुद संघहरु रहे पनि नयाँ खेलाडी ननिस्कनु र खेलकुदमा खेलाडीले आफ्नो भविष्य देख्ने वातावरण नबन्नुमा दुःख लागेको बताए।