चैत्र १७, २०८२ मंगलबार | १६:३४:१०
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ

पुरुषोत्तम सिलवाल च्याम्पियन

च्याम्पियन पुरुषोत्तम सिलवाल (बायाँ) र विनिता कपाली ।

भक्तपुर । काठमाडौंका पुरुषोत्तम सिलवाल शनिबार सम्पन्न राष्ट्रिय ‘बी’ बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ  च्याम्पियन बनेका छन् ।

नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे ।

उनले चार जीत र पाँच बराबरीको नतिजा निकाले । समान ६.५ अंक जोडे पनि दोलखाका आशिष फुयाल दोस्रो तथा रौतहटका एफएम रुपेश जैसवाल तेस्रो स्थानमा रहे ।

यी तीनसँगै भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारी चौथो देखि नवौं स्थानमा रहँदै २५औं राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । 

यसैगरी महिलातर्फ विनिता कपाली च्याम्पियन बनेकी छन् । शुक्रबार अन्तिम चरणको स्पर्धामा धनुषाकी शान्ति धिमालमाथि जीत दर्ता गर्दै काठमाडौंकी विनिताले ६.५ अंकका साथ उपाधि हात पारेकी थिइन् । 

यसैगरी  चितवनकी लक्ष्मी कँडेल ५.५ अंक जोडेर दोश्रो स्थानमा रहिन् ।  बाँकेकी इशा गिरी, धनुषाकी शान्ति धिमाल, काठमाडौंकी दानिशा पुरी, पर्साकी शुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र काठमाडौंकी एञ्जल महर्जन समान ४.४ अंक जोडेर संयुक्तरुपमा तेस्रो स्थान हासिल गर्न सफल रहे ।

यी खेलाडीसँगै काठमाडौंकी रिया श्रेष्ठ पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् ।       

पुरस्कार वितरण कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता पुरुष तथा महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो