माघ १४, २०८२ बुधबार | १९:११:४७
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

ओलम्पियन संघलाई एनएनआइपिएको बधाई

काठमाडौं, (खेलाडी)- नेपाली खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले शुक्रबार नवनिर्वाचित नेपाल ओलम्पियन संघलाई बधाई ज्ञापन गर्दै सहकार्यका साथ अघि बढ्न आह्वान गरेको छ । 

गत साता सम्पन्न ओलम्पियन संघको निर्वाचनबाट एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । 

विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बतका अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा एनएनआइपिएले संघलाई बधाई दिएको हो । 

संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ, प्रमूख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालालगायतले बधाई ज्ञापन गरेका थिए । 

यसैगरी एनएनआइपिएले विश्व ब्याडमिन्टन महासंघको बिडब्लुएफ एक्रिडिटेसन विशेष कोर्स गर्न डेनमार्क जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय ब्याड्मिन्टन अम्पायर दीपक थापालाई पनि बिदाइ गरेको छ । 

एनएनआइपिएका उपाध्यक्ष थापा विजया दशमीको दिन डेनमार्क प्रस्थान गर्नेछन् । थापाले रियो ओलम्पिकलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । 

एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले विजया दशमीको शुभकामना व्यक्त गर्दै सहकार्यका लागि ओलम्पियन संघलाई आह्वान गरे । यसैगरी एनएनआइपिएका पूर्व अध्यक्ष एवं ओलम्पियन संघका अध्यक्ष बिष्टले ओलम्पियन पनि खेलाडी नै भएकाले एनएनआइपिएकै एउटा भागको रुपमा सहकार्य गर्ने बताए । 

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफूलाई समग्रतामा खेलकुदको व्यक्तिका रुपमा लिन आग्रह गरे । ‘मलाई ओलम्पिक कमिटीको अध्यक्षका रुपमा मात्र नहेर्नुहोला । ओलम्पिक कमिटीको अध्यक्ष भए पनि म खेकलुदको मान्छे हो । सबै संस्था र खेलाडी खेलकर्मीको हितका लागि आवश्यक परेको ठाउँमा उभिन्छु,’ खेलकुद परिषदमा दुई पटक सदस्यसचिव भइसकेका संघीय सांसद श्रेष्ठले भने । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।