चैत्र ६, २०८२ शुक्रबार | १४:०८:१६
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

ओलम्पियन संघलाई एनएनआइपिएको बधाई

काठमाडौं, (खेलाडी)- नेपाली खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले शुक्रबार नवनिर्वाचित नेपाल ओलम्पियन संघलाई बधाई ज्ञापन गर्दै सहकार्यका साथ अघि बढ्न आह्वान गरेको छ । 

गत साता सम्पन्न ओलम्पियन संघको निर्वाचनबाट एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । 

विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बतका अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा एनएनआइपिएले संघलाई बधाई दिएको हो । 

संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ, प्रमूख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालालगायतले बधाई ज्ञापन गरेका थिए । 

यसैगरी एनएनआइपिएले विश्व ब्याडमिन्टन महासंघको बिडब्लुएफ एक्रिडिटेसन विशेष कोर्स गर्न डेनमार्क जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय ब्याड्मिन्टन अम्पायर दीपक थापालाई पनि बिदाइ गरेको छ । 

एनएनआइपिएका उपाध्यक्ष थापा विजया दशमीको दिन डेनमार्क प्रस्थान गर्नेछन् । थापाले रियो ओलम्पिकलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । 

एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले विजया दशमीको शुभकामना व्यक्त गर्दै सहकार्यका लागि ओलम्पियन संघलाई आह्वान गरे । यसैगरी एनएनआइपिएका पूर्व अध्यक्ष एवं ओलम्पियन संघका अध्यक्ष बिष्टले ओलम्पियन पनि खेलाडी नै भएकाले एनएनआइपिएकै एउटा भागको रुपमा सहकार्य गर्ने बताए । 

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफूलाई समग्रतामा खेलकुदको व्यक्तिका रुपमा लिन आग्रह गरे । ‘मलाई ओलम्पिक कमिटीको अध्यक्षका रुपमा मात्र नहेर्नुहोला । ओलम्पिक कमिटीको अध्यक्ष भए पनि म खेकलुदको मान्छे हो । सबै संस्था र खेलाडी खेलकर्मीको हितका लागि आवश्यक परेको ठाउँमा उभिन्छु,’ खेलकुद परिषदमा दुई पटक सदस्यसचिव भइसकेका संघीय सांसद श्रेष्ठले भने । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो