काठमाडौं । एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम(एनआरटी)ले लगातार चौथो जित हासिल गरेको छ । बिहीबार एनआरटीले आफ्नो पाँचौं खेलमा संकटा क्लबलाई ३-१ ले हरायो ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले गोल गरे । एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो । एक गोलले पछाडि परेको अवस्थामा कृष्ण बहादुर आलेले संकटालाई खेलमा फर्काएका थिए ।
जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली– नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीसँग अंकका हिसाबमा बराबरी गरेको छ । यद्यपि यी दुई टोलीले एनआरटीभन्दा एक खेल कम खेलेको छ । तीनवटै टोलीले १२ अंक जोडेको छ ।
संकटाको यो दोस्रो हार हो । समान खेलमा संकटाको पाँच अंक छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
