असार २६, २०८२ बिहीबार | १८:१४:०३
एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ?

विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा महिला कबड्डी टोली सम्मानित ।

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकको टोली प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका ओलीले उसु, भलिबल, क्रिकेट र कबड्डीका पदक विजेता टोलीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा गत वर्षको कार्तिक महिनामा जापान उसु ताइजी महासंघको आयोजनामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा कांस्य पदक विजेता विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँसहित सम्मान गरियो ।

त्यस्तै फागुनमा इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल टोलीलाई प्रतिखेलाडी एक लाख ५० हजार रुपैयाँसहित सम्मानित गरियो ।

गत वर्षको असोज महिनामा श्रीलंका भलिबल संघको आयोजनामा भएको सेन्ट्रल एसियन भलिभल एसोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक हासिल गरेको थियो । अर्जुन नेपालीको कप्तानीमा रहेको टोली प्रतिखेलाडी तीन लाख रुपैयाँले सम्मानित भए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा युवा भलिबल टोली सम्मानित ।

यी पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को व्यवस्था बमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

यसैगरी भर्खरै मलेसियामा सम्पन्न एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा ओलीले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको र आगामी दिनमा नेपालले थप सफलता हासिल गर्दै जाने विश्वास व्यक्त गरे ।

‘हामीले सङ्गठित रुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ । खेलाडी व्यवसायिकरुपमा अगाडि बढेका छन्’, ओलीले भने, ‘म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायतलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।'

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा युवा क्रिकेट टोलीलाई बधाई तथा शुभकामना ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।

‘खेलकुदको विकास र खेलाडीको प्रवद्र्धनप्रति सरकार सधैं प्रतिबद्ध छ । हामी खेलकुदलाई राष्ट्रिय प्रतिष्ठाको विषयका रुपमा लिन्छौं र यसको समग्र विकासका लागि निरन्तर प्रयासरत छौं । यसका लागि, हामी खेलाडीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार, उच्चस्तरीय प्रशिक्षण, पोषण, स्वास्थ्य सेवा र शैक्षिक अवसरहरु प्रदान गर्न कटिबद्ध छौं,’ चौधरीले भने ।
 


भिडियो
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME