असार २६, २०८२ बिहीबार | १४:०४:५३
बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा

श्रीलंकालाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा परेको छ ।

पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले ९९ रनको फराकिलो जित दर्ता गर्यो ।

जितसँगै श्रीलंकाले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो ।  यसअघि श्रीलंकाले ७७ र बंगलादेशले १६ रनको जित निकालेका थिए ।

श्रीलंकाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १८६ रनमै समेटियो ।

बंगलादेशका लागि टोविड हृदयले ७८ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी परभेज हुसेन इमोन र कप्तान मेहदी हसन मिराजले समान २८, जाकिर अलीले २७, तान्जिद हसनले १७ र शमिन हुसेनले १२ रन बनाए । 
श्रीलंकाका लागि असिथा फर्नान्डो र दुस्मन्था चमिराले समान तीन तथा दुनिथ वेलालागे र वानिन्दु हसरंगाले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १४ बलमा १८ चौकाको मद्दतले सर्वाधिक १२४ रनको योगदान गरे । यसैगरी कप्तान चरिथ अस्लंकाले ६८ बलमा ९ चौकासहित ५८, पथुन निसन्काले ३५, वानिन्दु हसरंगालले अविजित १८, कामिन्दु मेन्डिसले १६, जानिथ लियान्गेले १२ र दुस्मन्थ चमिराले अविजित १० रन बनाए ।

कुशलले चौथो विकेटका लागि चरिथसँग १२४ तथा दोस्रो विकेटका लागि पथुमसँग ५६ रनको साझेदारी गरेका थिए । बंगलादेशका लागि तस्किन अहमद र मेहदी हसन मिराजले समान दुई तथा तान्जिम हसन सबिक, तन्वीर इस्लाम र शमिम हुसेनले समान एक विकेट लिए । 


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA