चैत्र ५, २०८२ बिहीबार | १०:११:५९
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

एन्फा निर्वाचन जेठमा, निर्णयसहित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बसेको एन्फाको १५औं केन्द्रिय कार्यसमिति बैठकले एन्फा निर्वाचन आगामी जेठको १५ गते गर्ने निणर्य गरेको हो । त्यसअघि माघ २९ गते एन्फाले विशेष साधारण सभा बोलाउने भएको छ । जिल्ला र प्रदेशको निर्वाचन भने माघको २० गतेभित्र नै सम्पन्न गर्ने एन्फाको जनाएको छ । जिल्ला, प्रदेश र संघको निर्वाचनका लागि एन्फाले केन्द्रिय सदस्यीय किरण राईको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन नियमावली मस्यौदा समिति गठन गरेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदानको मापदण्ड बनाउने, शीर्ष तीन डिभिजनका लागि तयारीका लागि क्लबहरूलाई तयारी बढाउने, विभिन्न समितिको गठन गरी १२ वटा निणर्य गरेको छ । राष्ट्रिय महिला लिग माघको १५ गते पायक पर्ने स्थानमा आयोजना गर्ने एन्फाले जनाएको छ । सो बैठकले आगामी माघ १५ र १८ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूणर् खेलको निणर्य पनि पारित गरेको छ । पहिलो पटक गत वर्ष सम्पन्न नेपाल सुपर लिगको सम्झौताका सम्बन्धमा एक कार्यदलसमेत बनेको छ ।

एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा बनेको उक्त कार्यदलले प्रतिवेदन तयारी पारेर कार्यसमिति बुझाउने र सो कार्यसमितिले सम्झौता बारे निणर्य लिने भएको छ । एन्फाका जिल्ला संघले लिग जिल्ला लिग गर्ने र सो प्रतियोगिताबाट उत्कृष्ट टोली छनोट गरी प्रदेश लिग आयोजना गर्ने एन्फाले तयारी थालेको छ । प्रेसिडेन्ट कप र राष्ट्रिय लिगका लागि आवश्यक पर्ने कार्यविवरण आगामी बोर्ड बैठकमा पेश गनुपर्ने निणर्य एन्फाले गरेको छ । साथै फिफाबाट प्रदान गरिएको आर्थिक निर्देशन र अनुसन्धानका सुझावहरू पालना गर्ने निणर्य एन्फाको बैठकले गरेको छ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं