कार्तिक २१, २०८२ शुक्रबार | २१:२३:५८
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

एन्फा नेतृत्वलाई वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीका तीन विकल्पः राजीनामा, अर्ली इलेक्सन वा तत्काल लिग

काठमाडौं । नेतृत्वको कार्यशैलीप्रति गम्भिर असन्तुष्टि एवं नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्दै अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले अध्यक्ष पंकजविक्रम नेम्वाङकाे राजीनामा माग गरेका छन् ।

सोमबार नक्सालस्थित क्याफे प्वाइन्टमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्यद्धय रविन्द्र चन्द ठकुरी र रुपेश अधिकारीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेम्वाङको राजीनामा माग गरेका हुन् ।

त्यस्तै उनीहरुले नेतृत्वसामू राजीनामासँगै अर्ली इलेक्सन र तत्काल लिगको माग अगाडि सारेका छन् ।

‘नेतृत्व असक्षम हुँदा नेपालमा लिग हुन सकिरहेको छैन । हामी एन्फा अभ्यक्ष पंकजविक्रम नेम्वाङलाइअनुरोध गर्न चहाँछौं यदी फुटबल गर्न सक्नु हुन्न भने राजीनामा दिएर मार्गप्रशस्थ गरिदिनुहोस् । हामी रोकिएका सबै कार्यक्रम गर्छौँ,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘यदी त्यो पनि गर्न सक्नु हुन्न भने अर्ली इलेक्सनको घोषणा गरिदिनुहोस् ।’

यसैगरी केन्द्रिय सदस्य रविन्द्र  चन्दले नेतृत्वमा बहुमतको दम्ब रहेको र आन्तरिक स्रोत जुटाउन नसक्दा फुटबलका गतिविधि हुन नसकेको तर्क गरे । ‘नेतृत्वमा बहुमतमतको दम्ब छ । कार्यसमिति बैठकमा हाम्रो कुरा नै सुनिँदैन । नेतृत्वले आन्तरिक स्रोत जुटाउन नसक्दा फुटबल साइकल पूरा हुन सकिरहेको छैन,’ चन्दले भने ।

पकंजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले करिब साढे दुई वर्ष यता शीर्ष डिभिजन लिग गर्न सकेको छैन । एन्फाले शीर्ष डिभिजन लिग पुसमा गर्ने योजना अगाडि सारेको छ । तर, एन्फा र शीर्ष डिभिजन क्लबबीच बैठक हुन सकिरहेको छैन ।



भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।