काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इत्तिहाद क्लबले जोर्डनको प्रोफेसनल महिला लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
इत्तिहादले शनिबार अमान एफसीविरुद्ध ३-१ को पुनागमन जित निकाल्यो । जितसँगै चार खेलमा १० अंक जोडेको इत्तिहाद शीर्ष स्थानमा उक्लिएको छ ।
इत्तिहादलाई जित दिलाउन मी स्वेलमले दुई तथा रोजबहान फ्रेजले एक गोल गरे ।
इत्तिहाल खेलको १८औं निेटमा पछाडि परेको थियो । स्वेलमले ४०औं बराबरी गोल फर्काइन् ।
स्वेलमले नै ५८औं मिनेटमा पेनाल्टीमार्फतगोल गर्दा इत्तिहाद २-१ ले अगाडि बढ्यो । ८७औं मिनेटमा फ्रेजले गोल गर्दै इत्तिहादको जित पक्का गरिन् ।
प्रीतिले पहिलो रोजाइमै मौका पाएकी थिइन् ।
भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
