चैत्र १८, २०८२ बुधबार | ०९:२५:४८
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

इन्टरसँग अंक दुरी घटाउँदै मिलान, नेपोली र युभेन्टसले अंक बाँडे

मिलान । एएस रोमालाई ३-१ ले पराजित गर्दै एसी मिलानले बिहीबार इटालियन सिरी ‘ए’ को शीर्ष क्लब इन्टर मिलानसँगको दुरी एक अंकमा झारेको छ ।

सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा जुनियर मेसियासले मिलानको अग्रता दोब्बर पारेका थिए ।

४०औं मिनेटमा ट्यामी अब्राहिमले गरेको गोलमा रोमाले खेलमा फर्कने संकेत गरेको थियो । तर खेल सकिन आठ मिनेट बाँकी हुँदा राफेल लियोले गोल गर्दै मिलानको सहज जित पक्का गरेका थिए ।

२० खेलबाट ४५ अंक जोडेको मिलान दोस्रो स्थानमा छ भने शीर्ष स्थानको इन्टर मिलानको ४६ अंक छ । इन्टरले एसी मिलान भन्दा एक खेल कम खेलेको छ । इन्टर र बालोग्नाबीच बिहीबारका लागि तय खेल स्थगित भएको थियो ।

२० खेलमा नेपोली ४० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको एट्लान्टाको ३८ र पाँचौ स्थानको युभेन्टसको ३५ अंक रहेको छ । रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

बिहीबार नै सम्पन्न खेलमा नेपोली र युभेन्टसले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

२३औं मिनेटमा द्रिइस मार्टिन्सले बललाई पोस्टको दिशा दिँदै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा फेडरिको केइसाले नेपोलीलाई खेलमा फर्काएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो