काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा बिहीबार बंगलादेशसँग ४-० को फराकिलो हार बेहोरेको छ ।
विजयी सुरुआतसँगै तीन अंक जोडेको बंगलादेश समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दुई खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ ।
पहिलो खेलमा नेपालले श्रीलंकालाई २-० ले पराजित गरेको थियो । अब नेपालले सेमिफाइनल प्रवेशका लागि बंलादेश र श्रीलंकाबीचको खेल कुर्नुपर्ने भएको छ ।
बंगलादेशलाई जित दिलाउन सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे ।
खेलको ३०औं मिनेटमा इस्तामको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । ४९औं मिनेटमा रहमानले टोलीको अग्रता दोब्बर बनाए ।
आरिफले ५०औं मिनेटमा बंगलादेशका लागि तेस्रो गोल गरे । ६९औं मिनेटमा मानिकले गोल गर्दै टोलीलाई एकतर्फी जित दिलाए ।
भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL