काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप अन्तर्गत बंगलादेशले नेपालविरुद्ध १-० को अग्रता लिएको छ ।
बिहीबार कोलम्बोस्थित ‘कोलम्बो स्पोर्टस कम्प्लेक्स’मा जारी खेलमा बंगलादेशका लागि राइटब्याक मोहम्मद साबीर इस्लामले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाउन सफल भएका छन् । उनले खेलको ३०औं मिनेटमा टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए ।
साबीरले कप्तान नाजमुल हुदा फेसलको कर्नर क्रसलाई सदुपयोग गरेका हुन् । फेसलको कर्नर क्रसलाई पन्च गर्दै ‘क्लियर’ गर्ने सोचसहित नेपालका गोलकिपर राम बोहरा अगाडि बढेका थिए । तर, त्यसमा उनी सफल भएनन् । जसको फाइदा साबीरले लिएका हुन् । यसअघि मिडफिल्डर मोहम्मद ओपु रहमानको प्रहार रामले बचाउँदा बंगलादेशले.‘सेटपीस’ अवसर प्राप्त गरेको थियो ।
भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL