चैत्र १८, २०८२ बुधबार | १०:०२:१७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

केन टोली रणनीतिका महत्वपूर्ण सदस्यः कोन्टे

लन्डन । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले स्ट्राइकर ह्यारी केन आफ्नो योजनाका महत्वपूर्ण सदस्य रहेको बताएका छन् ।

केनले यस सिजनको सुरुआतमै टोटनहम छोड्न लागेको खबरले धेरै चर्चा पाएको थियो । उनलाई अनुबन्धन गर्न म्यानचेस्टर सिटीले इच्छा देखाएको थियो ।

‘केन टोटनहममै सन्तुष्ट छन् र उनी मेरो योजनाका महत्वपूर्ण सदस्य हुन् । सरुवा बजारमा केनका बारेमा सार्वजनिक भएको खबर मलाई पनि थाहा छ ’,कोन्टेले भने, ‘जब केने टोटनहमै बस्ने निर्णय गरे । मैले उनलाई केन्द्रमा राखेर योजना बनाएको हुँ ।’

‘केन टोलीमा रहँदा म खुशी छु’, कोन्टेले थपे, ‘उनी क्षमतावान खेलाडी हुन् । हामी धेरै भन्दा धेरै उपाधि जित्न चाहन्छौ र सो योजनाका केन मुख्य पात्र हुन् ।’
केन र टोटनहमबीचको सम्झौता २०२४ सम्मका लागि कायम छ । नोभेम्बरमा तत्कालिन प्रशिक्षक नुनो स्पिरिटो सान्टोको बर्हिगमनपछि कोन्टेले टोटनहमको प्रशिक्षकमा नियुक्त भएका थिए ।

कोन्टेले प्रशिक्षण सम्हाल्नु अघि केनले यस सिजनको लिगमा एक मात्र गोल गरेका थिए । तर अहिले भने केनले लिगका पछिल्लो चार खेलमा तीन गोल गरिसकेका छन् ।

टोटनहमले बुधबार इङ्लिस लिग कपको सेमिफाइनल पहिलो लेगमा चेल्सीको सामना गर्दैछ । टोटनहम गत सिजन इङ्लिस लिग कपको फाइनलमा म्यानचेस्टर सिटीसँग निराश भएको थियो ।

 टोटनहम पछिल्लो पटक सन् २००७-८ को सिजनमा इङ्लिस लिग कपको उपाधि जितेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो