चैत्र १८, २०८२ बुधबार | ०७:४२:५०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

कौटिन्होप्रति भिल्ला, एभर्टन र लिभरपुलको चासो

मर्सेसाइड । बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्होले इङ्लिस क्लबहरू एस्टन भिल्ला, एभर्टन र लिभरपुलको ध्यान आफूतिर आकर्षित गरिरहेका छन् । यदि बार्सिलोना छाडे ब्राजिलभन्दा इङ्लिस प्रिमियर लिगमा फर्किने संकेत गरेका कौटिन्होलाई भित्र्याउन पूर्व क्लब लिभरपुलसहित इच्छुक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

बार्सिलोना पनि कौटिन्होलाई बेचेर नयाँ खेलाडी फेरान टोरेससहित अन्य खेलाडी ला लिगामा दर्ता गराउन चाहन्छ । बितेका दुई सिजनका १३ खेलमा मात्रै मौका पाएका कौटिन्हो पर्याप्त समय फुटबल खेल्नका लागि क्लब छाड्ने मनस्थितिमा छन् । र, आर्थिक समस्यामा परेको बार्सिलोना उनलाई दिने तलबबाट नयाँ खेलाडी भित्र्याउने योजनामा छ ।

कौटिन्होको क्षमतासँगै उनले माग गर्ने पारिश्रमिकका कारण पनि उनी ब्राजिल फर्किने सम्भावना कम छ । उनीमाथि चासो देखाएकामध्ये एस्टन भिल्ला उनको सम्भावित गन्तव्य मान्न सकिन्छ ।

उनले लिभरपुलमा खेल्दाका कप्तान स्टेभन जेरार्ड अहिले भिल्लका मुख्य प्रशिक्षक हुनु पनि यसको कारण बन्न सक्छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो