चैत्र ५, २०८२ बिहीबार | २२:५८:२७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा कार्यसमिति बैठक: आफूमाथिका आरोप खण्डनको मौका दिन गणेश थापाको अपील

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बिहीबार बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाई राख्न अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन् ।

शेर्पाको नेतृत्वमा आफूमाथि थुप्रै निराधार आरोप लगाइएको, आरोपहरू झुठो सावित भइसक्दा पनि आत्मालोचना नगरेको, तर त्यसले आफू तथा आफ्नो परिवारमा ठूलो मानसिक आघात पुगेको भन्दै पूर्व अध्यक्ष थापाले कार्यसमिति बैठकमा आफ्ना भनाई राख्न अध्यक्ष शेर्पालाई पत्र लेख्दै अनुमती मागेका छन् ।

यसैगरी थापाले कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, तीन उपाध्यक्ष कृष्ण थापा, वीरबहादुर खड्का र उपेन्द्रमान सिंहका साथै सबै १२ केन्द्रिय सदस्यलाई पनि बैठकमा उपस्थित भएर आफ्ना भनाई राख्ने वातावरण निर्माणका लागि पहल गर्न अनुरोध गरेका छन् ।

थापाले अध्यक्ष शेर्पालाई लेखेको पत्र आज (मंगलबार) उनका पुत्र अभिशेक थापाले सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर दर्ता गराएका थिए । यसैगरी कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्यको पत्र भने उनले एन्फामा दर्ता गराएपछि सम्बन्धित व्यक्तिहरूलाई पनि बुझाएको बताए ।

‘म बुबाको पत्र लिएर एन्फा पुगेको थिएँ, अध्यक्ष नभएकाले उहाँको पत्र दर्ता गराएँ । अरु सबैको पनि एन्फामा दर्ता गराएँ । तर त्यहाँ हुनुभएका पदाधिकारी र सदस्यहरूलाई हातमै पनि दिएँ,’ गणेश थापाका पुत्र अभिशेकले भने, ‘मैले भेटेका पदाधिकारी तथा सदस्यहरूले बुबालाई बैठकमा उपस्थित भएर आफ्ना कुरा स्पष्ट पार्ने मौका दिन पहल गर्ने भन्नुभएको छ । हामी आशावादी छौं ।’

एन्फा अध्यक्ष तथा अन्य पदाधिकारी र सदस्यहरूलाई लेखेको पत्रमा थापाले राष्ट्रिय खेलाडी, कप्तान र एन्फा अध्यक्षको रुपमा लामो समय इमान्दारीपूर्वक काम गरे पनि शेर्पाले लगाएका निराधार आरोपहरूका कारण समाजमा भ्रम सिर्जना भएको र आफू तथा आफ्नो परिवारमा ठूलो मानसिक आघात पुगेको जिकिर गरेका छन् ।

‘तपाईंले लगाएका आरोपहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर गरेको छानविनपश्चात सफाई दिएको विषय संघ र यसका पदाधिकारीलाई जानकारी भएकै हो । स्वयम यहाँले निवर्तमान नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकमा संवैधानिक आयोगको निर्णय स्वीकार्दै विगतमा ममाथि लगाएका सबै आरोपप्रति आत्मालोचना गर्नुभएको थियो । जसलाई मैले सहजताका साथ लिएको थिएँ । तर तपाईले तत्कालै ‘मैले बोलेको होइन’ भन्दै संघको जिम्मेवार कार्यकारिणी समितिको औपचारिक बैठकमा बोलेका कुरा फिर्ता लिनुभयो,’ थापाले एन्फा अध्यक्ष शेर्पालाई सम्बोधन गरेर लेखेको पत्रमा चेतावनी दिएका छन्, ‘तपाईले लगाएका आरोपहरू प्रमाणित भएमा म जुनसुकै सजाय भोग्नको निमित्त तयार रहेको पुनः जानकारी गराउँछु । अन्यथा एन्फाको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ अनुसार एउटा निर्दोष व्यक्तिलाई विना आधारको आरोप लगाएको कारण तपाई स्वयम कार्बाहीको भागिदार बन्नु पर्नेछ ।’

शेर्पा एन्फाको अध्यक्षमा निर्वाचित भएलगत्तै बारम्बार आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरे पनि शेर्पाले त्यसलाई बेवास्था गर्दै थप भ्रम सिर्जना गरेर चरित्र हत्याको प्रयास गरेको थापाको जिकिर छ । त्यही कारण कार्यसमितिको बैठकमार्फत आफूमाथिका आरोपहरूको खण्डन गर्नु आफ्ना लागि अनिवार्य बनेको थापाको भनाई छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षका लागि कुनै पनि फुटबल गतिविधिमा लाग्न नपाउने गरी लागेको प्रतिबन्ध भोगिरहेका थापाले एन्फा कार्यसमिति बैठकमा गएर स्पष्टीकरण दिन प्रतिबन्धले नरोक्ने दाबी गरेका छन् ।

‘म हाल फिफाबाट फुटबलमा प्रतिबन्धित भएता पनि यो कुनै फुटबलको गतिविधि नभएको र मेरो नितान्त व्यक्तिगत विषय भएकाले संघको कार्यसमितिको बैठकमा मेरा धारणा राख्नका निमित्त यहाँले अवसर मिलाइदिनुहुने विश्वास राखेको छु,’ थापाले एन्फा अध्यक्ष शेर्पालाई लेखेको पत्रमा उल्लेख गरेका छन्, ‘मलाई फिफाबाट गरिएको कार्बाही तपाईका आरोपका आधारमा नभई एसियाली फुटबल महासंघका तत्कालिन अध्यक्ष मोहम्मद बिन हमामले गरेको पारिवारिक सहयोगको विषयमा कन्फ्लिक्ट अफ इन्टरेस्ट शीर्षकमा भएको हो । मैले अहिले राख्न खोजेको विषय फिफासँग सम्बन्धित नभई तपाईले ममाथि लगाउनुभएका निराधार आरोपहरूको विषयमा मात्र हो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो